सदरलाइनडटकम,
नेपालगञ्ज : जोखिमपूर्ण काममा भारत लैजान लागिएका चार जना बालकको आज उद्धार गरिएको छ । नेपाल भारत सीमानाका रुपईडिहा हुँदै शिमला लैजान लागिएका उनीहरुको जमुनाहा नाकाबाट उद्धार गरिएको हो ।
भारत जान लागेका जाजरकोट जुनिचाँदे गाउँपालिका–५ गर्खाकोट घर भएका जयलाल बस्नेत, यज्ञ बस्नेत, कृष्ण बस्नेत र राम परियारलाई ज्ञान नेपालले उद्धार गरेको हो । दलालले भारतको शिमलामा राम्रो काम लगाइदिने भन्दै आफुहरुलाई भारत लैजान लागेको बालकहरुले बताएका छन् । उद्धारपछि उनीहरुलाई सिविन नेपाल नेपालगञ्जको जिम्मा लगाइएको छ ।
