एसओएस अभियानमा हातेमालो गर्न आव्हान,बाँकेमा सप्ताहव्यापी विभिन्न कार्यक्रम

१० असार २०७४, शनिबार १९:३०
 

सदरलाइनडटकम
१० असार नेपालगन्ज : एसओएस बालग्राम अन्तर्राष्ट्रियका संस्थापक प्रोफेसर डा. हर्मन माइनरको जन्मदिन पारेर एसओएसले आफ्नो ३१ औं अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रमका साथ भव्यतापूर्वक मनाएको छ ।
संस्थापक स्वर्गीय प्रोफेसर डा. माइनरको जन्म अष्ट्रियाको भोराल वर्गमा सन् १९१९ जुन २३ तारिखका दिन भएको थियो भने निधन २६ अप्रिल १९८६ मा भएको थियो ।
‘संसारका सबै बालबालिकाहरु हाम्रा आफ्नै बालबालिका हुन्’ भन्ने अवधारण र उद्देश्यका साथ डा. माइनरले १९४९ मा अष्ट्रियामा पहिलो बालग्राम स्थापना गरिएको एसओएस नेपालमा भने १९६८मा उनी नेपाल भ्रमणका क्रममा स्थापनि गरिएको हो ।
आमाबाबु गुमाएका बालबालिकाहरुलाई संरक्षण दिएर उनीहरुको पालनपोषण, शिक्षादीक्षाका साथै उनीहरुको मानसिक, शारीरिक तथा वौद्धिक विकास गर्दै उनीहरुलाई वैवाहिक जीवनमा प्रवेश गराउँदै आएको एसओएसको नेपालगन्जले मात्र ८० जनालाई पारिवारिक वातावरणमा संरक्षकत्व र पारिवारिक वातावरण प्रदान गर्दै आएको छ ।
नेपालगन्जको बेलासपुरमा महिला छात्रावास र कारकाँदोमा पुरुषहरुको लागि युवालय संचालन गरिएको छ । त्यहाँ आश्रित बालबालिकाहरु विभिन्न शैक्षिक संस्थामा अध्ययन गरिरहेका छन् भने कतिपयले रोजगारी पनि गर्दै आएको एसओएस युवालय नेपालगन्जका नायव निर्देशक तुलाराम विश्वासले बताउनु भयो । हरेक वर्ष हामीले २÷३ जनाको विवाह गरि दिने गरेका छौं विश्वासले भने ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार पूर्ण लाल चुकेले अवसरमा एसओएस युवालय नेपालगन्जलाई विभिन्न किसिमबाट सहयोग गर्ने संघ संस्था र व्यक्तिहरुलाई मायाको चिनो, एसओएस प्रतीक चिन्ह भएको पिन र सम्मान–पत्र तथा विभिन्न प्रतियोगितामा उ्रथम, व्दितीय र तृतीय स्थान हाँसिल गर्ने युवालयका बालबालिका र युवाहरुलाई प्रदान गरेका थिए ।
प्रमुख अतिथि चुकेले राज्यले बहन गर्नुपर्ने जिम्मेवारी बहन गर्दै आएको एसओएसलाई विदेशी नागरिकहरुको मात्र सहयोगमा निर्भर नभई नागरिक स्तरबाट पनि सहयोग दिएर एसओएसको महान अभियानमा हातेमालो गर्न र आत्मनिर्भर गराउने तर्फ सबैले सोंच्नुपर्ने धारणा राखे ।
यसैगरि महिला विकास कार्यालयकी अधिकृत सुनिता केसी, जिल्ला समन्वय समिति बाँकेका कार्यक्रम अधिकृत शरद पौडेलले पनि सहयोगीहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
एसओएस युवालय नेपालगन्जका नायव निर्देशक विश्वासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवालयका बालबालिकाहरुद्वारा रोचक एकल र नृत्य सामूहिक नृत्य प्रस्तुत गरिएको थियो भने चर्चित गायक तथा पत्रकार प्रमोद डि.जी.ले आधुनिक र लोक गीत प्रस्तुत गरेर कार्यक्रमलाई रोचक बनाएका थिए ।
सम्मानित हुनेहरुमा बीर डेन्टल क्लिनिक नेपालगन्जका दन्त विशेषज्ञ डा. आरके. लामिछाने, नेपालगन्ज मेडिकल कलेजका बालरोग विशेषज्ञ डा. पियूश कनौडिया, व्यवसायीहरु सन्तोष पौडेल, जयदेव अवस्थी, तनबीर जमाल हलवाई, जहाँगीर खान, भेरी नर्सिङ कलेज, नेपालगन्ज नर्सिङ कलेज, लर्ड बुद्ध नर्सिङ कलेज लगायत रहेका थिए ।
कृष्टिना रावत र किरण गाहा मगरले सञ्चालन गरेको र नौरुपा वुढाले प्रारम्भमा स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रमको वीच वीचमा सा“स्कृतिक कार्यक्रम अन्तर्गत एसओएसका युवा तथा बालबालिकाहरुबाट गीत र नृत्य प्रस्तुत गरिएको थियो । नृत्य प्रस्तुत गर्नेहरुमा केशर बुढा, नौरुपा बुढा, दिपा, नितु अधिकारी, सुशीला नेपाली, पुष्पा नेपाली, स्वस्तिक दर्माली, स्वेच्छा सिंह, तानिया सिंह, सूचिता, कल्पना, निशा, सपना लगायतले सामूहिक र एकल नृत्य प्रस्तुत गरेका थिए ।
सो अवसरमा एसओएस युवालय नेपालगन्जका नायव निर्देशक विश्वासले एसओएस बालग्राम सुर्खेतबाट २०५२ सालदेखि २०७४ असारसम्म एसओएस युवालय नेपालगन्जमा स्थानान्तरण भएका युवा युवतीहरुको संख्या २५० जना मध्ये १७० जना यस संस्थाबाट स्वालम्बन भई आफना विभिन्न ढंगबाट स्वतन्त्र रुपमा व्यतित गरिरहेका छन् ।


पवन जयशवालको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुशासन विकास र समृद्धिको लागि पहल गर्ने लमही नगरपालिकाका उम्मेदवार चौधरीको प्रतिबद्धता

१० असार २०७४, शनिबार १९:३०
सदरलाइनडटकम  ११ असार, लमही (दाङ्ग) : नेपाली काँग्रेसबाट लमही नगरपालिकाको मेयरका प्रत्याशी जोगराज चौधरीले आफुले जितेमा लमही नगरपालिकालाई पाँच नं. प्रदेश कै नमूना नगर बनाउने बताएका छन् । उनले सुशासन। विकास र समृद्धिको लागि आफु प्रतिबद्ध रहने प्रतिबद्धता समेत जनाएका छन् । आफ्नो चुनाबी प्रतिबद्धता र घोषणपत्र सहित जनताको घरदैलोमा […]