डडेल्धुरामा बस दुर्घटना हुँदा सोह्र जनाको मृत्यु, सत्ताइस घाईते

६ मंसिर २०७५, बिहीबार २१:३३
 

सदरलाइनडटकम,
डडेल्धुरा : डडेल्धुराबाट डोटी जाँदै गरेको स्कुल बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका ११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटना हुँदा १० जनाको घटनास्थलमा र ६ जनाको जिल्ला अस्पताल डडेल्धुरामा मृत्यु भएको हो ।
प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले दुर्घटनामा १६ जनाको मृत्यु भएको बताए । पिसजोन बोर्डिङ स्कुलको बस सडकबाट दुईसय मिटर तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । ६५ जना चढेको बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । मृतकको संख्या बढ्नसक्ने प्रहरीले जनाएको छ ।
डोटीको शिखर नगरपालिका १० को पिसजोन विद्या निकेतनको बस दुर्घटनामा परेको हो । बिहीवार अमरगढी नगरपालिका ८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएकाहरुले स्कुल बसमा चढेर आएका थिए । मेला भरेर फर्किने क्रममा बस दुर्घटनामा परेको हो ।
डडेलधुराको अमरगढी नगरपालिकामा लाग्ने उग्रतारा मेलाबाट फर्किने क्रममा पिसजोन बोर्डिङ स्कुलको बस भिरबाट खसेको हो । जिल्ला प्रहरी कार्यलय डडेलधुरा र डोटीको टोली घटनास्थलमा पुगेको छ । डोटीको ३६ नं. गणको सशस्त्र प्रहरीको टोली पनि उद्धारका लागि घटनास्थल पुगेको छ ।

Next Post

नेपालगञ्जमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको तीब्र तयारी

६ मंसिर २०७५, बिहीबार २१:३३
सदरलाइनडटकम , नेपालगञ्ज  : नेपालगञ्ज उप–महानगरको अगुवाईमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान ‘लैंगिक हिंसा र दुव्र्यवहार, हामलाई छैन स्वीकार’ भन्ने मूल नारासहित मनाउन तीब्र तयारी सुरु गरिएको छ । मंसिर ९ गते आईतबारदेखि २४ गतेसम्म नेपालगञ्जमा विविध कार्यक्रम गरि मनाईन थालिएको सो अभियान विभिन्न संघ सस्थासँग सहकार्य गर्दै सचेतनामुलक र […]