चितुवाको आक्रमणमा बर्दियामा बालिकाको मृत्यु

सदरलाइन संवाददाता ४ भाद्र २०७८, शुक्रबार १६:१०
 

नेपालगञ्ज : बर्दियामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ।राजापुर नगरपालिका वडा नं १० भगतपुरमा बस्ने ३ बर्षिया बालिका कमला जैसीको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले दिएको जानकारी अनुसार बिहीवार साँझ ७ बजेको समयमा घर नजिकै मकैबारिको छेउमा खेलिरहेको अवस्थामा जंगलबाट आएको चितुवाले आक्रमण गरि घाईते बनाएको थियो ।


घाइते बालिकालाई उपचार गर्न लैजाने क्रममा बिहीवार बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज विमानस्थलद्धारा ३ करोड बढी बचत

४ भाद्र २०७८, शुक्रबार १६:१०
नेपालगञ्ज : नेपालगञ्ज विमानस्थलले आर्थिक वर्ष २०७७/७८ मा ३ करोडबढी बचत गरेको छ । देशभर रहेका ५४ मध्ये ४३ विमानस्थल घाटामा जाँदा नेपालगन्ज विमानस्थलले भने आर्थिक वर्ष ०७७/७८ मा ३ करोड २ लाख बचत गर्न सफल भएको हो । ५ करोड ४७ लाख आम्दानी भएकोमा २ करोड ४५ लाख खर्च […]

सम्बन्धित