डुडुवामा अवैध काठ बरामद

सदरलाइन संवाददाता २५ माघ २०७८, मंगलवार १६:०५
 

नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिका–१ हजरात सामुदायिक वनमा अवैधरुपमा कटान गरिएको ५० दशमलव १० क्यूफिट वेवारिसे काठ प्रहरीले बरामद गरेको छ ।

सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, वन डिभिजन कार्यालयका कर्मचारी र खडैचा प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले वनमा गस्ति गर्नेक्रममा उक्त काठ फेला पारेको थियो ।


प्रहरीले बरामद गरेको काठ हजरात सामुदायिक वनका पदाधिकारीलाई बुझाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सशस्त्र प्रहरीद्वारा भारतबाट ल्याईदै गरिएको करिब नौ लाख बराबरको चाँदी बरामद

२५ माघ २०७८, मंगलवार १६:०५
नेपालगञ्ज : सशस्त्र प्रहरीले नेपालगञ्ज–१६ चौलिका चोकबाट लुकाईछिपाई ल्याउँदै गरेको करिब पौने ९ लाख मूल्य बराबरको ८ किलो बढी चाँदी बरामद गरेका छ । भारतीय बजार रुपैडिहाबाट नेपालतर्फ आउँदै गरेको एक भारतीय मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा ५ किलो ७ सय ८५ ग्राम (ढिक्का ४ पिस) र २ किलो ५ […]