बाँकेमा अझै ७ सय ७ थान लाईसेन्सी हतियार बुझाउन बाँकी

१९ बैशाख २०७४, मंगलवार १०:३३
 

सदरलाइनडटकम 
१८ बैशाख, नेपालगन्ज : स्थानीय निर्वाचनमा शान्ति सुरक्षाको लागि बाँकेमा हातहतियार राख्ने अनुमति लाईसेन्स प्राप्त गरेका हातहतियार बुझाउन पटक–पटक गरिएको आव्हानका बावजुद अत्यन्तै न्यून लाइसेन्सी हतियार प्रहरीमा बुझाईएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले दिएको जानकारी अनुसार बाँकेमा ७ सय ९८ थान हातहतियार राख्नको लागि ईजाजत प्राप्त हतियार मध्ये ९१ थान हातहतियार मात्र प्रहरीमा बुझाउन आएका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थले दिएको जानकारी अनुसार २४ चैतसम्म प्रशाशन कार्यालय वा नजिकको प्रहरी युनिटमा बुझाउन सूचना जारी गर्दा पनि बुझाउन नआएपनि फेरी बैशाख ५ गतेसम्म बुझाउने म्याद थपिएको बताए ।
उनले जिल्ला प्रशाशनले बैशाख ५ गतेसम्म हतियार बाुझाउन म्याद थपे पनि गृहमन्त्रलायले पनि बैशाख १५ गतेसम्म बुझाउन अर्को सूचना जारी गरेपछि सोमबारसम्म ९१ थानमात्र हतियार बुझाएको जानकारी दिए ।
सरकारले स्थानीय तह निर्वाचनको सुरक्षाको लागि हातहतियार राख्ने लाईसेन्स प्राप्त गरेका हातहतियार जिल्ला प्रशाशन कार्यालय बाँके मार्फत नजिकको प्रहरी चौकिमा बुझाउन पटक–पटक सूचना जारी गरे पनि अत्यन्तै न्यून मात्रामा लाईसेन्स भएको हातहतियार बुझाउन आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।
बाँकेमा हातहतियार राख्न पाउने लाईसेन्स लिएका हातहतियारको संख्या ४ सय ९२ भएको तर, प्रहरीमा बुझाउनको लागि ९१ थान हातहतियार मात्र आएका छन् । ‘हतियार लिएका व्यक्ति जिल्ला बाहिर भएर सबै हतियार बुझाउन नआएका हुन सक्छन् । तर, बुझाउन नआएका हतियारको बारेमा प्रहरीले हतियारको लाईसेन्स लिएका व्यक्तिको नाम ठेगाना लिएर खोजी गर्ने गरीने छ’–प्रहरी उपरिक्षक राईले भने ।
उनले दर्ता भएका लाईसेन्स धारी हतियार केही संकटकालमा बुझाएको लिनै नआएको पनि हुन सक्ने भएकोले त्यसको पनि छानविन गरी बुझाउन नआउने हातहतियारको खोजी गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रहरीले ४९ छाडा पशु काञ्जि हाउस पुरायो

१९ बैशाख २०७४, मंगलवार १०:३३
सदरलाइनडटकम १९ बैशाख, नेपालगन्ज : सडकमा छाडापशुको कारण आवगमनमा अबरोधसंगै सवारी दुर्घटना बढ्न थालेपछि बाँके प्रहरीले सडकमा छाडिएका छाडा पशुहरुलाई नियन्त्रणमा लिएर कान्जी हाउस पुर्याएको छ । प्रहरीले गएराती साढे आठ बजेपछि नगरका विभिन्न स्थानबाट छाडा गाई, गोरु, गधा, खच्चड, घोडा लगायतका ४९ वटा पशु नियन्त्रणमा लिएर कान्जी हाउस पुर्याएको […]

सम्बन्धित