नेपालगञ्जबाट जुम्लामा ३२० क्विन्टल नुन ढुवानी

सदरलाइन संवाददाता ३ श्रावण २०८०, बुधबार १३:३३
 

नेपालगञ्ज : साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जमा गत आर्थिक वर्षको ०७९/८० असार मसान्तसम्म दुई हजार सात सय ८६ क्विन्टल नुन मौज्दात छ । प्रदेश कार्यालय प्रमुख महेश चौधरीले कर्णाली प्रदेश, पूर्वी रुकुम, पश्चिम रुकुम र रोल्पामा असार मसान्तसम्म छ हजार तीन सय ७८ क्विन्टल नुन मौज्दात रहेको बताए ।

प्रदेश कार्यालय नेपालगञ्जमा भारतको गुजरातस्थित खाडाघोडाबाट एक ¥याकमा २६ हजार क्विन्टलका दरले वर्षमा नौ ¥याक नुन आयात हुने गर्दछ । कार्यालय प्रमुख चौधरीले दुर्गम क्षेत्रमा सरकारको ढुवानी अनुदानअन्तर्गत प्रत्येक एक वर्ष ३६ देखि ३८ हजार क्विन्टल नुन ढुवानी गरिने जानकारी दिए ।


जुम्लामा नुनको कमी हुन नदिन सोमबार मात्रै तीन सय २० क्विन्टल नुन ढुवानी गरिएको प्रदेश कार्यालय प्रमुख चौधरीले जानकारी दिए । उनले प्रत्येक नयाँ आर्थिक वर्षका साउनदेखि नयाँ ‘टेन्डर’का लागि आह्वान गरिने भएकाले उक्त नयाँ टेन्डरका लागि सम्पूर्ण कागजात काठमाण्डौ पठाइसकिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दिया अस्पताललाई शव वाहन सहयोग

३ श्रावण २०८०, बुधबार १३:३३
बर्दिया : गुलरिया नगरपालिकाले बर्दिया अस्पताल, गुलरियालाई एक शव वाहन र सातवटा बेड सिट सहयोग गरेको छ । नगर प्रमुख मुक्तिनाथ यादवले एक समारोहबीच शव वाहन र बेड सिट हस्तान्तरण गरेका हुन् । सामाजिक परिक्षण आमभेला कार्यक्रममा शव वाहन र बेड सिट नगर प्रमुख यादवले अस्पताल विकास समितिका अध्यक्ष नारायण […]