नेपालगञ्जका सडक व्यवसायीलाई सचेतना तालिम

सदरलाइन संवाददाता ३० चैत्र २०७९, बिहीबार १३:५३
 

नेपालगञ्ज : बाँकेको नेपालगञ्जमा पहिलोपटक सडकमा व्यवसायी गर्ने साना व्यवसायीहरुलाई पहिलोपटक सचेतना तालिम दिइएको छ । नेपाली उपभोक्ता संरक्षण महाशाखा जिल्ला कार्यसमिति बाँकेले ठेला तथा सडकमा आश्रित रहेर व्यवासयी गरिरहेका व्यवसायीलाई १ दिने तालिम दिइएको वरिष्ठ उपाध्यक्ष विन्दु चर्तीमगरले जानकारी दिइन् ।

‘विशेष गरेर हामीले सडक छेउछाउमा खानाका परिकार बिक्री गर्ने साना व्यवसायीलाई तालिम दिएका हौं,’ मगरले भनिन्, ‘उहाँहरुलाई कसरी व्यवसाय संचालन गर्ने र स्वच्छ र गुणस्तर सेवा कसरी दिने भन्ने बारेमा तालिम दिएका हौं ।’

उपभोक्ता संरक्षणले नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालयमा बुधबार ३० जनाभन्दा बढी साना व्यवसायीलार्ई तालिम दिएको हो । विशेष गरेर उनीहरुले उपभोक्तालाई कसरी स्वास्थ्य खाना बिक्री गर्न सक्छन् भनेर तालिममा सिकाइएको जिल्ला कार्यसमितिका अध्यक्ष विनोद कर्णले बताए ।

‘हाम्रो लक्ष्य भनेको कसरी हुन्छ उपभोक्ताको हितमा काम गर्ने हो । यो कार्यक्रममा हाम्रो पहिलो सुरुवात हो । यसलाई फेरि अर्कोपटक अलि बृहत रुपमा लिएर जाने योजना पनि छ र ठूला रेष्टुरेन्टहरुलाई पनि समावेश गर्छौ,’ अध्यक्ष कर्णले भने ।


कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टको प्रमुख अतिथ्यतामा सञ्चालन भएको थियो । कार्यक्रममा बोल्ने बत्ताहरुले उपभोक्ताकोे हित तथा व्यवासयीहरुलाई सचेतना गर्ने कामको जिम्मेवारी नेपालगञ्जले पनि लिनु पर्ने बताउँदै गर्दा प्रमुख अतिथि विष्टले नेपालगन्जका ठेला व्यवसायीहरुको व्यवस्थापन नेपालगन्जले गर्दै आएको बताए ।

‘हामीले यो वर्षमा नेपालगञ्जमा छरिएर रहेका धेरै ठेला व्यवासयीहरुलाई व्यवस्थापन गरिरहेका छौं,’ विष्टले भने, ‘अब उहाँहरुलाई सचेतना गर्ने काम पनि हामीले गर्ने योजनामा छौं । र यो काममा अग्रसर बनेको उपभोक्ता संरक्षण मंचलाई नेपालगञ्जले सक्ने सहयोग गर्नेछ ।’

कार्यक्रममा नेपालगञ्ज सहरलाई सडकका परिकारले चिनाएको बताउँदै यसलाई विस्थापित गर्नुभन्दा पनि व्यवस्थापन गर्नुपर्ने देखिएको बक्ताहरुले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निःशुल्क मृगौला जाँच गर्दै बैजनाथ गाउँपालिका

३० चैत्र २०७९, बिहीबार १३:५३
बैजनाथ (बाँके) : बैजनाथ गाउँपालिका क्षेत्रभित्र रहेका सर्बसाधारणको पिसाबद्धारा मृगौलाको प्रारम्भिक जाँच गरिने भएको छ । बैजनाथ गाउँपालिका स्वास्थ्य शाखाको अगुवाईमा निःशुल्क रुपमा ८ वटै वडाहरुमा जाँच गर्न लागिएको हो । कार्यक्रम सञ्चालन गर्नुअघि यस विषयमा विभिन्न सरोकारवालासँग बिहीबार गाउँपालिका स्तरिय अन्तरक्रिया गरिएको छ । गाउँपालिकाका कार्यपालिका सदस्य एवम् सामाजिक […]

सम्बन्धित