बाँकेमा आमा बचाउ अभियान सञ्चालनमा ल्याईने

१६ पुष २०७३, शनिबार ०४:१०
 

सदरलाइनडटकम 
१६ पुस, नेपालगन्ज : बाँकेमा चालु आर्थिक वर्षको साढे पाँच महिनामै एक दर्जन सुत्केरी आमाको मृत्यु भएपछि आमा बचाउ अभियान सञ्चालन गर्ने तयारी भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख तथा बरिष्ठ जनस्वास्थ्य प्रशाशक खिमबहादुर खड्काले प्रत्येक महिनामा सरदर दुई भन्दा बढी सुत्केरी आमाको मृत्यु हुन थालेपछि सो मृत्युदर घटाउनको लागि आमा सुरक्षा अभियान सञ्चालनमा ल्याउने तयारी गरिएको बताए ।
बाँकेमा चालु आर्थिक वर्षको पुस १४ गतेसम्म १२ सुत्केरी आमाले ज्यान गुमाएका छन् भने ८ नवजात शिशु जन्मेपछि र १४ वटा गर्भमा मृत्यु भएका बच्चा जन्मिए पछि अभियान सञ्चालनमा ल्याईने तयारी गरिएको हो ।
उनले आगामी पुस १८ गते सोमबार जिल्ला प्रजनन स्वास्थ्य समन्वय समिति, स्थानीय निकाय, महिला स्वास्थ्य स्वयम सेविका, गैसस महासंघ र नेटवर्क, महिला तथा बालबालिका कार्यालय, नागरिक समाज सञ्चारकर्मी लगायतको सहभगितामा अभियानको सुरुवात गर्ने तयारी गरेको जानकारी दिए ।
उनले भने–‘नियमित गर्भवती चेकजाँच गराउन आउने तर बच्चा जन्माउन घरमै ढिलो गरी जटिलमा पुगेपछि मात्रै स्वास्थ्य संस्थामा आउने कारण उनीहरु जोखिममा परेको पाईएको छ ।’ उनले यसका सिवाय आमाहरु कुपोषणको सिकार भएको कारणले पनि सुत्केरी भए लगत्तै मृत्यु वरण गर्ने गरेको पाएको जानकारी दिए ।
उनले मधेशी र मुस्लिम समुदायका सुत्केरी तथा गर्भवती महिलाहरु अत्यन्तै जोखिममा रहेको आफुहरुले अनुगमनको दौरान भेटेका उल्लेख गर्दै भने–‘ मधेशी मुस्लिम समुदायका आमाको पोषणको अवस्था नाजुक छ । उनीहरुमा बच्चाको जन्मान्तर पनि अत्यन्तै कम रहेको र परिवार नियोजनको साधनको प्रयोग पनि थोरैले मात्रै गर्ने भएकोले जन्मको संख्या बढ्दै जाँदा आमाको स्वास्थ्य पनि नजुक भएको पाएका हौ ।’
उनले समुदायलाई आमाको स्वास्थ्यको बारेमा जानकारी गराउदै पोषण युक्त खानेकुरा खुवाउनको लागि सबै क्षेत्रबाट सचेतीकरण अभियान चलाउन सकेमात्र पनि मृत्युदर व्हात्तै घट्ने कुरामा आफु विश्वस्त रहेको दावी गरे । तस्बीर स्केच / गुगल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिन्दु कुँवरलाई अईडल बनाउन भोटिङ्ग गर्ने आज अन्तिम दिन

१६ पुष २०७३, शनिबार ०४:१०
सदरलाइनडटकम   १६ पुस, नेपालगन्ज : ईन्टीग्रेटीआईडल नेपाल–२०७३ को टप फाईभमा पर्न सफल भएकी बिन्दु कुँवर ईन्टीग्रेटीआईडल नेपाल–२०७३ बनाउनको लागि भोटिङ्ग गर्ने आज राति १२ बजे सम्म रहेको छ । महिला तथा बालबालिका कार्यालय बाँकेमा विगत १३ वर्षदेखि महिला विकास निरिक्षकको रुपमा कर्यरत रहेकी बिन्दु ईन्टीग्रेटीआईडल नेपाल–२०७३ को भोटिङ्गमा केही […]

सम्बन्धित