नेपालगञ्जका सहकारीलाई ‘कोपोमिस’ तालिम

सदरलाइन संवाददाता १३ फाल्गुन २०८०, आईतवार १७:५५
 

नेपालगञ्ज : नेपालगञ्जका सहकारीलाई सहकारी तथा गरिवी निवारण व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) तालिम दिन थालिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको नियमन क्षेत्रभित्र रहेका सहकारी संस्थाका कोपोमिस हेर्ने कर्मचारीका लागि तीन दिने कार्यशाला गोष्ठी आयोजना गरिएको सहकारी शाखाले जनाएको छ ।

कोपोमिस एउटा सफ्टवेयर हो । यो सहकारी क्षेत्रको सूचना, तथ्यांकहरुलाई नियमित, विश्वसनीय, वास्तविक बनाई व्यवस्थापन सूचना प्रणालीमा आधारित अनुगमन, नियमन पद्धति स्थापित गर्न तयार गरिएको आधुनिक सूचना प्रणाली हो । यसले सहकारी संघ–संस्थाहरूको संचालन, ब्यवस्थापन तथा कार्यक्षमतामा अभिवृद्धि गरी जोखिमलाई न्युनीकरण गर्ने कामहरु गर्दछ । सहकारीहरुले मासिकरुपमा आफ्ना सम्पूर्ण विवरण, कार्यप्रगति लगायतका गतिविधि कोपोमिसमा अद्यावधिक गर्नुपर्दछ । जसले नियामक निकायलाई आवश्यक अनुगमन र नियन्त्रणका लागि सहयोग पुग्दछ ।


तालिममा सहकारी शाखा प्रमुख प्रविण राना, जिल्ला सहकारी संघ बाँकेका प्रबन्ध सञ्चालक नवराज उपाध्याय र नेप्स्कुन बाँकेका कार्यालय प्रमुख छत्रप्रसाद धमालाले प्रशिक्षण दिइरहेको सहकारी शाखाकी तुलसा पन्थी आचार्यले बताइन् । सहकारी संघ–संस्थाहरुका सञ्चालक र व्यवस्थापनका अधिकारीहरुका लागि कोपोमिस तालिम अत्यन्तै महत्वपूर्ण मानिन्छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले नगरभित्रका सहकारी संस्थाको नियमन, प्रवर्द्धन र प्रशिक्षणका कार्यक्रम आफ्नो वार्षिक तालिका अनुसार नियमितरुपमा गर्दै आएको शाखा प्रमुख रानाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जका सडकमा फोहोर फाल्नेलाई जरिवाना

१३ फाल्गुन २०८०, आईतवार १७:५५
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका सडकमा जथाभावी फोहोर फाल्नेमाथि कारवाही थालिएको छ । पटक–पटकको आग्रहको बेवास्ता गर्दै सडकमा फोहोर फाल्ने क्रम नरोकिएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालयले जरिवाना गर्न थालेको हो । स्थलगत अनुगमनका क्रममा जथाभावी फोहोर फाल्नेमाथि कार्वाही गरिएको छ । यसैक्रममा आधा दर्जन बढी व्यापारिक फर्म, बैंक तथा पसललाई जरिवाना गरिएको […]