जनमत रक्तदानमा ५३ जनाले रक्तदान गरे

२० जेष्ठ २०७४, शनिबार १८:११
 

सदरलाइनडटकम  
२० जेठ, नेपालगन्ज : जनमत अद्र्धसाप्ताहिक पत्रिकाद्वारा शनिबार नेपालगन्जमा आयोजित वृहत रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् । नेपालगन्जबाट नियमित रुपमा प्रकाशित हुंदै आएको जनमत अद्र्ध साप्ताहिक पत्रिकाले हरेक तीन–तीन महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।
जनमत अद्र्धसाप्ताहिक पत्रिकाले आप्mनो रजत वर्षको अवसरमा २०६३ साल वैशाख २९ गतेदेखि नियमित रुपमा त्रैमासिक रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको पत्रिकाका सम्पादक पूर्णलाल चूकेले जानकारी दिए । उनले त्रैमासिक रक्तदान कार्यक्रममा सञ्चारकर्मी, व्यवसायी, शिक्षक, कर्मचारी लगायतका स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गर्दै आएको बताए ।
शनिबार जनमत अद्र्धसाप्ताहिक ३६औं वर्ष प्रवेशको अवसर पारेर आयोजित रक्तदान कार्यक्रममा ७ जना महिला सहित ५३ जनाले रक्तदान गरेका हुन् ।
आफ्नो पत्रिकाको रजत वर्ष प्रवेशको अवसरमा मानवकल्याणकारी काम पनि गर्ने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रम पछि रगतको अभावमा छट्पटिएका विरामी र आफन्तहरुको बढ्दो मागलाई मधयनजर गरेर यो कार्यक्रमलाई त्रैमासिक रुपमा निरन्तरता दिने निर्णय गरिएको सम्पादक चुकेले जानकारी दिए । कार्यक्रमलाई निरन्तरता दिंदै हालसम्म करीब ६ सय भन्दा बढीले रक्तदान गरिसकेका छन् ।
जनमत अद्र्ध साप्ताहिक पत्रिकाका सम्वाददाता तथा कार्यक्रमका संयोजक पवन जायसवालले कार्यक्रममा रक्तदान गर्नेहरुमा प्रधानमन्त्री कार्यालयकी स्वकीय सचिव कृष्णा केसी नमूना, शिक्षाविद् डा. राजेश केशर खनाल, नापी कार्यालय बाँकेका नापी अधिकृत जनकराज ओझा, बाँके राष्ट्रिय निकुञ्ज नेपाली सेनाका सुवर्ण सिलवाल, शिक्षक नारायण दत्त चालिस लगायत ५३ जनाले रक्तदान गरेको बताए ।
नेपाल रेडक्रस सोसाइटी बा“के शाखाद्वारा सञ्चालित मध्यपश्चिम क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका सुनिता कुमाई, सोम प्रकाश सापकोटा, रविन्द्र कुमार मिश्र, होमराज गिरी लगायतले प्राविधिक सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पहिलो दिनमै लाखबढीले हेरे प्रमोद खरेलको नयाँ गीत ‘मै मोरो सोझो’ (भिडियो सहित)

२० जेष्ठ २०७४, शनिबार १८:११
सदरलाइनडटकम    २२ जेठ, काठमाण्डौँ  : पछिल्लो समयमा गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै छाप छोड्न सफल रहेका चर्चित गायक प्रमोद खरेलले हालै सार्वजनिक गरेको नयाँ गीत ‘मै मोरो सोझो’को म्यूजिक भिडियो एकै दिनमा करिब १ लाखले हेरेका छन् ।  ‘पानी है पर्यो धरर कान्छिको केश भिजायो, केशको पानी बगेर निधारको […]