सामाजिक सुरक्षा भत्ता सबै गाउँपालिकामा निकासा, कुन गाउँपालिकामा कति रकम बिस्तृत विवरण सहित 

१ जेष्ठ २०७४, सोमबार १८:५५
 

सदरलाइनडटकम   
१ जेठ, नेपालगन्ज  : जिल्ला समन्वय समिति बाँकेले जिल्लाका सबै गाउँपालिकामा चालु आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ताको रकम पठाई सकिएको जनाएको छ । नगरपालिका र उप–महानगरपालिकामा भने रकम अपुग भएको कारण केही ढिलाई हुने जनाईएको छ ।
जिल्ला समन्वय समिति बाँकेका स्थानीय विकास अधिकारी हरि प्याकुरेलले चालु आर्थिक वर्षको दोस्रो र तेस्रो किस्ताको सामाजिक सुरक्षा भत्ता वापतको रकम सबै गाउपालिकामा पठाई सकिएको जानकारी दिए । उनले भने–‘ यो आर्थिक वर्षको दोस्रो र तेस्रो चौमासिक किस्ताको रकम सबै गाउपालिकामा पठाई सकिएको छ ।’
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगत जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, एकल महिला, विधुवा भत्ता, पूर्ण अपाङ्ग, अति अशक्त अपाङ्ग, बालबालिका सुरक्षा भत्ता दलित र जेष्ठ नागरिक औषधि उपचारको लागि हरेक आर्थिक वर्षमा चौमासिक रुपमा सामाजिक सुरक्षा भत्ता पठाउने गर्छ ।
‘यो तेस्रो किस्ता दिने बेला हो संघीय संरचना अनुसार गाविसलाई गाउपालिकामा रुपान्त्रण गर्दा केही समय लागेको कारण दोस्रो र तेस्रो किस्ता एकै पठक पठाएका छौ’–स्थानीय विकास अधिकारी प्याकुरेलले भने ।
जिल्ला समन्वय समिति बाँकेबाट नरैनापुर गाउपालिकामा २ हजार ४ सय ६९ जनाको लागि विभिन्न शिर्षकको सामाजिक सुरक्षा भत्ता १ करोड ३२ लाख ९३ हजार २ सय, डुडुवा गाउपालिकाको ३ हजार २ सय ६० जनाको लागि १ करोड ७० लाख ५२ हजार ८ सय र जानकी गाउपालिकाको ३ हजार ५ सय ३५ जनाको लागि १ करोड ७८ लाख ८५ हजार ६ सय रुपैया पठाई सकिएको छ ।
यसैगरी राप्ती सोनारी गाउपालिकाका ३ हजार ५ सय ५६ जनाको लागि विभिन्न शिर्षकका सामाजिक भत्ताको १ करोड ९३ लाख ८९ हजार २ सय, बैजनाथ गाउपालिकामा ४ हजार ३ सय २८ जनाको लागि २ करोड २२ लाख ४९ हजार ८ सय र खजुरा गाउपालिकाका ५ हजार १ सय ७३ जनाको लागि २ करोड ६८ लाख ३४ हजार ४ सय रुपैया जिल्ला समन्वय समिति बाँकेबाट सम्बन्धित गाउपालिकामा निकासा पठाई सकिएको जनाएको छ ।

सामाजिक सुरक्षा भत्ता कुन गाउँपालिकामा कति रकम निकासा ? बिस्तृत विवरण सहित  खजुरा  गाउँपालिका  ५१७३

जेष्ठ नागरिक १ हजार ४ सय २६ का लागि ५७ लाख ४ हजार रुपैया, दलित जेष्ठ नागरिक ६ सय २४ का लागि २४ लाख ९६ हजार रुपैया, एकल महिला १ हजार ४ सय ७१ को लागि ५९ लाख १६ हजार, विधुवा भत्ता ४ सय २२ को लागि १६ लाख ८८ हजार, पूर्ण अपाङ्ग ९४ को लागि ७ लाख ५२हजार, अति अशक्त अपाङ्ग १ सय ४८ का लागि ३ लाख ५५ हजार २ सय, बालबालिका सुरक्षा भत्ता दलित ९ सय ८० को लागि १५ लाख १५ हजार २ सय र जेष्ठ नागरिक औषधि उपचार २ हजार १ सय २ को लागि ८४ लाख ८ हजार रकम पठाईएको छ ।

बैजनाथ गाउँपालिका ४३२८

जेष्ठ नागरिक १ हजार १ सय ५७ का लागि ४६ लाख २८ हजार रुपैया, दलित जेष्ठ नागरिक ५ सय ३२ का लागि २१ लाख २८ हजार रुपैया, एकल महिला १ हजार १ सय ७ को लागि ४४ लाख २० हजार, विधुवा भत्ता ४ सय ९३ को लागि १९ लाख ७२ हजार, पूर्ण अपाङ्ग ९२ को लागि ७ लाख ३६ हजार, अति अशक्त अपाङ्ग २ सय १ का लागि ४ लाख ८२ हजार ४ सय, बालबालिका सुरक्षा भत्ता दलित ७ सय ४२ को लागि ११ लाख ४६ हजार ४ सय र जेष्ठ नागरिक औषधि उपचार १ हजार ६ सय ७७ को लागि ६७ लाख ५ हजार र लोपोन्मुख आदीबासी जनजाती ४ जनाको लागि ३२ हजार रकम पठाईएको छ ।

डुडुवा  गाउँपालिका ३२६०

जेष्ठ नागरिक ९ सय ३९ का लागि ३६ लाख ५४ हजार रुपैया, दलित जेष्ठ नागरिक ४ सय ९३ का लागि १९ लाख ७२ हजार रुपैया, एकल महिला ७ सय ७ को लागि २८ लाख २८ हजार, विधुवा भत्ता २ सय ९१ को लागि ११ लाख ६४ हजार, पूर्ण अपाङ्ग ५७ को लागि ४ लाख ५६ हजार, अति अशक्त अपाङ्ग १ सय ५३ का लागि ३ लाख ६७ हजार २ सय, बालबालिका सुरक्षा भत्ता दलित ६ सय २० को लागि ९ लाख ४५ हजार ६ सय र जेष्ठ नागरिक औषधि उपचार १ हजार ३ सय ९२ को लागि ५५ लाख ६६ हजार रकम पठाईएको छ ।


नरैनापुर गाउँपालिका  २४६९

जेष्ठ नागरिक ७ सय ४६ का लागि २९ लाख ८४ हजार रुपैया, दलित जेष्ठ नागरिक ३ सय ४८ का लागि १३ लाख ९२ हजार रुपैया, एकल महिला ६ सय ७८ को लागि २७ लाख १२ हजार, विधुवा भत्ता १ सय ७० को लागि ६ लाख ८० हजार, पूर्ण अपाङ्ग २७ को लागि २ लाख १६ हजार, अति अशक्त अपाङ्ग ७७ का लागि १ लाख ८४ हजार ८ सय, बालबालिका सुरक्षा भत्ता दलित ४ सय २३ को लागि ६ लाख ४४ हजार ४ सय र जेष्ठ नागरिक औषधि उपचार १ हजार १ सय २० को लागि ४४ लाख ८० हजार रकम पठाईएको छ ।

राप्तीसोनारी  गाउँपालिका ३५५६

जेष्ठ नागरिक १ हजार ८४ का लागि ४३ लाख २७ हजार रुपैया, दलित जेष्ठ नागरिक २ सय ८९ का लागि ११ लाख ५६ हजार रुपैया, एकल महिला १ हजार १ सय १२ को लागि ४४ लाख ४८ हजार, विधुवा भत्ता ४ सय ७७ को लागि १९ लाख ८ हजार, पूर्ण अपाङ्ग ६१ को लागि ४ लाख ८८ हजार, अति अशक्त अपाङ्ग १ सय ३६ का लागि ३ लाख २६ हजार ४ सय, बालबालिका सुरक्षा भत्ता दलित ३ सय ८३ को लागि ५ लाख ९२ हजार ८ सय र जेष्ठ नागरिक औषधि उपचार १ हजार ५ सय १० को लागि ६० लाख ३१ हजार र लोपोन्मुख आदीबासी जनजाती १४ जनाको लागि १ लाख १२ हजार रकम रकम पठाईएको छ ।

जानकी   गाउँपालिका ३५३५

जेष्ठ नागरिक ६ सय ८६ का लागि २७ लाख ४४ हजार रुपैया, दलित जेष्ठ नागरिक ५ सय ७९ का लागि २३ लाख १६ हजार रुपैया, एकल महिला ९ सय १४ को लागि ३६ लाख ५६ हजार, विधुवा भत्ता २ सय ३२ को लागि ९ लाख २८ हजार, पूर्ण अपाङ्ग ६४ को लागि ५ लाख १२ हजार, अति अशक्त अपाङ्ग ९९ का लागि २३ लाख ७ हजार ६ सय, बालबालिका सुरक्षा भत्ता दलित ७ सय ११ को लागि ११ लाख ,जेष्ठ नागरिक औषधि उपचार १ हजार ९८ को लागि ४३ लाख ९३ हजार र लोपोन्मुख आदीबासी जनजाती २ सय ५० जनाको लागि २० लाख रकम पठाईएको छ । सोत:  जिल्ला समन्वय समिति बाँके

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्युत मिटर रिडर यादव मृत भेटिए

१ जेष्ठ २०७४, सोमबार १८:५५
सदरलाइनडटकम    २ जेठ, नेपालगन्ज : बाँके डुडुवा–५ का ३२ वर्षिय विजयकुमार यादव मृत अवस्थामा भेटिएका छन् । नेपाल विद्युत प्राधिकरणमा मिटर रिडरको रुपमा रहेका यादव कम्दी मिलनचोक नजिकैको डुडुवा नदिको किनारमा मृत अवस्थामा फेला परेको बाँके प्रहरीले जनाएको छ । सोमबार बिहान घरबाट काममा जान्छु भनेर हिडेका मृतक यादवले […]