एमाले बाँकेको आयोजनामा एकदिने पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर

शिवेन्द्र भण्डारी २९ पुष २०८०, आईतवार १०:५५
 

नेपालगञ्ज : नेकपा एमाले बाँकेको आयोजनामा पाठेघरको मुखको क्यान्सर सम्बन्धी एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । एमाले नेपालगञ्ज उपमहानगरपालिका कमिटीको व्यवस्थापनमा वडा नंं २० राझास्थित आदर्श माविमा गरिएको स्वास्थ्य शिविरमा २ सय २ जनाले सेवा लिएका छन् ।

राजनीतिसंगै सामाज सेवालाई संगसंगै लैजाने उद्देश्यले बाँकेका सबै पालिकामा चैतभित्र पाठेघरको क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर गरिने नेकपा एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा विशषेज्ञ चिकित्सकबाट जाँच गर्नुका साथै निशुल्क आषैधी वितरण गरिएको थियो ।

शिविरमा अस्पतालका निर्देशक डा. निरज भट्टराई, क्यान्सर रोग विशषेज्ञ डा साजन थापालगायतको टीमले चेकजाँचको गरेको थियो । जाँचमा आएका मध्ये ६ जनालाई संक्रमण देखिएको छ भने ८ जना बिरामीले फ्लोअप जाँच गराएको जनाइएको छ ।


शिविर उदघाटन समारोहमा नेकपा एमाले बाँकेका इन्चार्ज खेममान खड्काले एमालेले मिसन ग्रासरुट सम्पन्न गरेसंगै समाजमा पहिचान भएका विषयवस्तुलाई अगाडि बढाउने क्रममा पाठेघर क्यान्सरसम्बन्धी शिविरको आयोजना गरिएको बताए ।

एमालेका केन्द्रीय सदस्य तथा संघीय सांसद सूर्यप्रसाद ढकाल, दीपा शर्मा, केन्द्रीय सदस्य शान्ति ढकाल, प्रदेश कमिटी सदस्यहरु अशोक कर्माचार्य, मिना ढकाल, हलिम शाह, नेताहरु निरक गुरुङ, नगर अध्यक्ष दतप्रसाद धिताल, स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष राजन शाहीलगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

राझामा शिविर आयोजना गरपछि स्थानीयका साथै दुर्गम हिमाली जिल्लाबाट नेपालगंज बस्दै आएका महिलाहरुले पनि सेवा लिएका छन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शीतलहर चलेपछि नेपालगञ्जका सार्वजनिक ठाउँमा आगो ताप्ने व्यवस्था

२९ पुष २०८०, आईतवार १०:५५
नेपालगञ्ज : शीतलहरसंगै चिसो बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न सार्वजनिक ठाउँ तथा चोकहरुमा दाउरा वितरण सुरु गरेर सामूहिक आगो ताप्ने (धुनी) व्यवस्था गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले आइतवार विहानैदेखि दाउरा वितरण सुरु गरेको हो । नगर प्रमुख प्रशान्त विष्ट, प्रबक्ता प्रमोद रिजाल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी प्रवक्ता प्रहरी […]