विद्युत मिटर रिडर यादव मृत भेटिए

२ जेष्ठ २०७४, मंगलवार ०९:१२
 

सदरलाइनडटकम   
२ जेठ, नेपालगन्ज : बाँके डुडुवा–५ का ३२ वर्षिय विजयकुमार यादव मृत अवस्थामा भेटिएका छन् । नेपाल विद्युत प्राधिकरणमा मिटर रिडरको रुपमा रहेका यादव कम्दी मिलनचोक नजिकैको डुडुवा नदिको किनारमा मृत अवस्थामा फेला परेको बाँके प्रहरीले जनाएको छ ।
सोमबार बिहान घरबाट काममा जान्छु भनेर हिडेका मृतक यादवले डुडुवा नदिमा आफ्ना कपडा धोएर सुकाएको र नुहाउन ठिक परेको अवस्थामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दाफाँट ईन्चार्ज तथा सह प्रवक्ता प्रहरी निरीक्षक विरबहादुर थापाले पारिवारिक स्रोतलाई उदृत गर्दै दिएको जानकारी अनुसार मृतक यादव छारे रोगले ग्रशित थिए । उनी नुहाउने क्रममा वा तयारी गर्दै गर्दा छारे रोगले च्यापेको कारण मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।
विहान ९ बजे घरबाट निस्केका यादव साँझ ५ बजेतिर मात्र डुडुवा नदी किनारमा मृत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको नाक र मुखबाट फिंज निस्केको कारणले पनि उनको मृत्यु छारे रोगको कारण भएको हुनसक्ने आधारहरु घटनास्थलमा देखिएको प्रहरी निरिक्षक थापाले जानकारी दिए ।
मृतकको शव नेपालगन्जको भेरी अञ्चल अस्पतालमा मंगलबार पोष्टमार्टम गरी अन्तिम संस्कारको लागि आफन्तलाई बुझाईने प्रहरी निरिक्षक थापाले बताए ।
यसैबीच दुषित खानेकुराको कारण नेपालगन्जको फुलटेक्रामा रहेको मदरसा फैजाने मदिनाका १८ जना विद्यार्थी विरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार मदरसामा पकाईएको सोमबार दिउसोको खाना खाएका विद्यार्थीमा एक्कासी पेटदुख्ने समस्या देखिएपछि उनीहरुलाई नेपालगन्ज नर्सिङ्गहोममा भर्ना गरिएको थियो ।
भर्ना गरिएका १८ जना सबै सोमबार साँझ नै अस्पतालबाट डिस्चार्ज भएर घर फर्केका छन । खाना र पानी दुषित भएको कारण फुड प्वाईजनिङ्ग भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संघीय समाजबादी फोरमको नेपालगन्जमा चुनाव केन्द्रित सभासंगै पार्टी प्रवेश

२ जेष्ठ २०७४, मंगलवार ०९:१२
सदरलाइनडटकम  २ जेठ, नेपालगन्ज : संघीय समाजबादी फोरम नेपाल जिल्ला कार्य समिति बाँकेले दोस्रो चरणको चुनावी अभियान नेपालगन्जबाट सुरु गर्ने भएको छ । मंगलबार पार्टीले नेपालगन्जको त्रिभुवनचोक पूर्व रानीतलाउ नजिकै खुला सभाको आयोजना गर्ने तयारी गरेको सो पार्टीका बाँके सचिव बदरुद् दूजा खाँले जनाएका छन् । पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र […]