नेपालगन्जमा आयोजना गरिएको दुईदिने शैक्षिक मेला सम्पन्न

३० बैशाख २०७४, शनिबार १०:३३
 

५ सय बढी विद्यार्थी तथा अभिभावकले सहभागिता जनाएको आयोजकको दाबी

सदरलाइनडटकम    
३० बैशाख, नेपालगन्ज : उच्च शिक्षाको खेजिमा रहेका बाँके, बर्दिया र सुर्खेतका विद्यार्थीको लागि लक्षित गरि नेपालगन्जमा आयोजना गरिएको शैक्षिक मेला समापन भएको छ ।
भारत तथा तेस्रो मुलुकमा उच्च शिक्षा लिन चाहने विद्यार्थीको लागि लक्षित गरी अनट्रयाक एजुकेशनल कन्सलटेन्सी काठमाण्डौको आयोजनामा तथा स्कुलिङ्ग एवोर्ड कन्सल्टेन्सी र रिपब्लिक एजुकेशनल कन्सलटेन्सीको सहयोगमा नेपालगन्जको स्वस्तिक कटेजमा आयोजना गरिएको सो शैक्षिक मेलामा बाँके बर्दिया र सुर्खेतका गरी ५ सय बढी विद्यार्थी तथा अभिभावकले सहभागिता जनाएको आयोजकले जनाएको छ ।
स्कुलिङ्ग एवोर्ड कन्सल्टेन्सीका प्रबल रेग्मीले मध्य र सुदूरको शैक्षिक अवस्थामा सुधार ल्याउनको लागि नेपालगन्जमा शैक्षिक मेलाको आयोजना गरिएको बताए । उनले भने–‘विद्यालय शिक्षा सकिने वित्तिकै आफ्नो कैरियर बनाउने उच्च शिक्षाको बारेमा सही फैसला लिनको लागि पनि सजिलो होस भनेर शैक्षिक मेलाको आयोजना गरिएको हो ।’ उनले अपेक्षा अनुसारको विद्यार्थी र अभिभावकसंग एउटै थलोमा भेट्ने अवसर पाएको बताए ।
रिपब्लिक एजुकेशनल कन्सलटेन्सीका मणि ज्ञवालीले नेपाली विद्यार्थीले भारत तथा अन्य देशमा पनि शतप्रतिशत छात्रबृत्ति पाउन सक्छन तर, त्यो क्लेम गर्ने तरीका नजानेको कारण त्यतिकै खेर गएको हुने भएकोले पनि यो शैक्षिक मेलाको आयोजना गर्न सहयोग गरेको जानकारी दिए ।
आयोजक अनट्रयाक एजुकेशनल कन्सलटेन्सी काठमाण्डौका सञ्जिव कनौजियाले आफ्ना सन्ततिको लागि उच्च शिक्षाको लागि भौतारिने अभिभावकको लागि र विद्यार्थीको लागि यो मेला उचित गन्तब्य हुने दाबी गरे । उनले भने–‘अहिले हामिसंग भारतका नामचलेका कलेजका प्रतिनिधिहरु हामीसंगै आउनु भएको छ । भारत तथा अस्ट्रेलिया, जापान, चिन, जर्मन, अमेरीका जस्ता मुलुकमा छात्रबृत्ति र सुलभ रुपमा भर्ना गर्न सकिने भएकोले यो मेलाको भरपुर फाईदा उठाउन आग्रह गर्दछु ।’
उनले विभिन्न विषयको विभिन्न विज्ञद्वारा काउन्सिलिङ्ग र विद्यार्थीको रोजाईको कलेजमा भर्नाको शतप्रतिशत ग्यारेन्टीको साथमा भर्ना गर्न सकिने भएकोले भर्खरै एसईई दिएर बसेका वा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीको लागि शैक्षिक मेला उपयुक्त हुने दाबी गरे । नेपालगन्जको स्वास्तिक कटेजमा दुई दिन सो मेला सञ्चालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बन्दको असर छिटफुट मात्र

३० बैशाख २०७४, शनिबार १०:३३
सदरलाइनडटकम  ३० बैशाख नेपालगन्ज  : विप्लव माओवादीले आव्हान गरेको बन्दको प्रभाव बाँकेमा छिटफुट मात्र देखिएको छ । बन्दका कारण नेपालगन्जबाट छुट्ने लामो दुरीका सवारीका साधन नेपालगन्ज बसपार्कबाट नछुटेको तर नगरमा चल्ने स–साना सवारीका साधनहरु स्वस्फूर्त सञ्चालनमा आएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका  सह प्रवक्ता  तथा  मुद्दा  फँट  ईञ्चार्ज  प्रहरी […]