मनसुनी गतिविधि कमजोर बन्दै

११ श्रावण २०७६, शनिबार १४:३०
 

सदरलाइनडटकम,
काठमाण्डौ : मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागबाट दक्षिण तिर सरेकाले अबका केही दिन नेपालमा मनसुनी गतिविधि कमजोर रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा कहिले तल कहिले माथि भइरहने भएकाले अहिले उक्त रेखा नेपालबाट दक्षिण तिर सरेकाले अबको तीन–चार दिन मनसुन कमजोर हुने मौसमविद् मीनकुमार अर्यालले बताए ।
तत्काल भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । आइतवार देशभर आंशिकदेखि सामान्य बदली रही एकदुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै सोमवार देशभर आंशिकदेखि सामान्य बदली रही देशको केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । यसैगरी महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गदैँ मनसुनको समयमा लगातर वर्षा भएको पहाडी भू–भागमा सामान्य वर्षामा पनि पहिरो जान सक्ने भएकोले सतर्कता अपाउन आग्रह गरेको छ ।

Next Post

विपी अध्ययन प्रतिष्ठान बाँकेद्वारा बृक्षारोपण

११ श्रावण २०७६, शनिबार १४:३०
सदरलाइनडटकम, नेपालगञ्ज : विपी अध्ययन प्रतिष्ठान नेपाल बाँकेले शनिवार नेपालगञ्जमा बृक्षारोपण गरेको छ । ३७ औं विपी स्मृति दिवसका अवसरमा ट्राफिक चोकमा प्रतिष्ठानले २६ वटा विरुवा रोपेको हो । कांग्रेस नेता कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा समी, गुल्मोहर, छतिवन र राज बृक्षका विरुवा रोपिएको हो । प्रतिष्ठान बाँकेका अध्यक्ष सुधांशु कोइरालाले कार्यक्रमका […]

सम्बन्धित