सवारी दुर्घटनामा ज्यान गुमाउनेलाई सम्झदै नेपालगन्जमा मैनबत्ति बालियो

३० बैशाख २०७४, शनिबार १०:१०
 

सदरलाइनडटकम    
३० बैशाख नेपालगन्ज : सडक दुर्घटनामा ज्यान गुमाउनेको आत्मा शान्तिको कामना र सडक दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले क्षेत्रीय ट्राफिक कार्यालय कोहलपुरको आयोजनामा नेपालगन्जको धम्बोझीचोकमा मैनबत्ति बालिएको छ ।
‘जीवन बचाउ, गति कम गरौ’ भन्ने नाराका साथ साताव्यापी ट्राफिक चेतना सम्बन्धित विभिन्न कार्यक्रम गरी मनाउने क्रममा सडक सुरक्षा समाज नेपालको संगको सहकार्यमा सडक दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा नेपालगन्जको धम्बोझि चोकमा मैनबत्ति बालिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राई, क्षेत्रीय ट्राफिक कार्यालय कोहलपुरका ईञ्चार्ज ट्राफिक प्रहरी उपरीक्षक कमल प्रसाद खरेल, यातायात व्यवस्था कार्यालय भेरीका विष्णु साहनी, रेडक्रशका प्रहलाद विश्वकर्म लगायत विभिन्न सरोकारवाला निकायको सहभागितामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पन्थले सडक सुरक्षा सबै भन्दा चुनौतीको विषय भएको उल्लेख गरे । उनले सबैको सहयोगले मात्र सडक र यात्रा दुबै सुरक्षित हुने कुरा बताए ।
चालु आर्थिक वर्षको १० महिनामा बाँकेमा मात्र भएका साना ठूलागरी ६९ सडक दुर्घटनामा ४२ जनाले ज्यान गुमाए ६३ जना गम्भीर घाइते भएका छन् । मध्यपश्चिम क्षेत्रमा यो अवधीमा २ सय ७३ सवारी दुर्घटना भए जसमा २ सय ३१ को ज्यान गयो भने २ सय ६७ जना गम्भीर घाइते भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्जमा आयोजना गरिएको दुईदिने शैक्षिक मेला सम्पन्न

३० बैशाख २०७४, शनिबार १०:१०
५ सय बढी विद्यार्थी तथा अभिभावकले सहभागिता जनाएको आयोजकको दाबी सदरलाइनडटकम     ३० बैशाख, नेपालगन्ज : उच्च शिक्षाको खेजिमा रहेका बाँके, बर्दिया र सुर्खेतका विद्यार्थीको लागि लक्षित गरि नेपालगन्जमा आयोजना गरिएको शैक्षिक मेला समापन भएको छ । भारत तथा तेस्रो मुलुकमा उच्च शिक्षा लिन चाहने विद्यार्थीको लागि लक्षित गरी अनट्रयाक एजुकेशनल […]