रेरीद्वारा भेरी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्त्रण

सदरलाइन संवाददाता ८ असार २०७८, मंगलवार १५:२५
 


नेपालगञ्ज  : कोरोना संक्रमितको उपचारको लागि सहयोगी स्वास्थ्य सामाग्री भेरी अस्पताललाई उपलब्ध गराईएको छ । रेरी बाँकेले नेपालगञ्ज जेसिस, नेपालगञ्ज जुनियर जेसिस, बासलगायत संगको पहलमा सो स्वास्थ्य सामाग्री उपलब्ध गराईएको हो ।

रेरीका अध्यक्ष पुनित विक्रम शाह तथा नेपालगञ्ज जेसिसका रेशम चापागाईले भेरी अस्पतालका अध्यक्ष प्रमोद धिताललाई सो सामाग्री हस्तान्त्रण गरेका हुन । हस्तान्त्रण गरिएका सामाग्रीहरुमा अक्सिजन कन्सन्ट्रेटर १० लिटर प्रति मिनेट क्षमताका ३ थान, पल्स अक्सिमिटर १५ थान र १ सय २० थान पिपिई रहेका छन् ।

कोरोना संक्रमितको उपचारको लागि प्राप्त सामाग्री अत्यन्तै उपयोगी हुने भेरी अस्पतालका मेडिकल सुपरिटेण्ट डा. प्रकाशबहादुर थापाले जानकारी दिए । सो अवसरमा नेपाल जेसिसका पूर्व अध्यक्ष तथा सिनेटर रबिन्द्र कर्ण गैसस महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उद्योगी व्यवसायीद्धारा नेपालगञ्जमा प्रदर्शन

८ असार २०७८, मंगलवार १५:२५
नेपालगञ्ज : कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि भइरहेको निषेधाज्ञामा पीडित उद्योगी व्यवसायीका लागि राहतको माग गर्दै नेपालगञ्जमा मङ्गलवार प्रदर्शन गरिएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा मङ्गलवार साङ्केतिक दबाबमूलक कार्यक्रमको आयोजना गरी प्रदर्शन गरिएको हो । निषेधाज्ञा चलिरहेको अवस्थामा सरकारले कर दाखिला गर्न दिएको असार २५ को म्याद […]

सम्बन्धित