बैजनाथमा किसानमुखी कार्यक्रम सञ्चालन

सदरलाइन संवाददाता १४ मंसिर २०८०, बिहीबार १३:२८
 

बैजनाथ (बाँके) : बैजनाथ गाउँपालिकाले किसानमुखी कार्यक्रम धमाधम सञ्चालन गरिरहेको छ । गाउँपालिकाले किसानको आर्थिक अवस्था माथि उठाउन अघिल्लो आर्थिक वर्ष २०७९/८० देखि नै किसानसँग पालिका प्रमुख कार्यक्रम शुरु गरेको थियो ।

चालु आर्थिक वर्षमा पनि उक्त कार्यक्रमलाई निरन्तरता दिदै गाउँपालिकाले किसानलाई विभिन्न अनुदान तथा सहयोग दिइरहेको छ । सोही कार्यक्रम अन्तरगत गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा च्याउ खेती गर्ने किसानलाई बीउमा अनुदान दिएको छ । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार किसानलाई ७० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण गरिएको हो ।


अध्यक्ष शाहीले लक्षित किसानलाई बीउ वितरण गरेका छन् । गाउँपालिकाको वडा नम्बर १ देखि ८ सम्मका किसानलाई च्याउ खेतीमा आर्कषित गर्न अनुदानमा बीउ वितरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा आगलागीबाट पाँच पसल जलेर नष्ट

१४ मंसिर २०८०, बिहीबार १३:२८
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा बुधवारराती आगलागी भएको छ । कोहलपुर नगरपालिका ३ मदनचोकस्थित कमलनाथ योगीको घरमा बुधवार राती १ बजेतिर आगलागी भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । आगलागीबाट पसल जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी […]