विकासमा युवाको सहभागिता आवश्यक : भारतीय राजदूत राय

४ माघ २०७३, मंगलवार ०८:४५
 

सदरलाइनडटकम   
४ माघ, नेपालगन्ज : भारतीय राजदूत रञ्जित रायले विकासमा युवाको सहभागित आवश्यक रहेको बताएका छन् । मंगलबार बिहान भारतीय दूताबासको विकास फण्डको सहयोगमा ५ करोडको आर्थिक लागतमा नेपालगन्जमा फत्तेबाल आँखा अस्पतालको ओपिडी, जनरल वार्ड र डाक्र्टस क्वाटरको शिलन्यास गर्दै सो कुरा बताएका हुन ।
उनले युवामा गरेको लगानीले नै मुलुकको विकास हुने भएकोले युवाको शिक्षा र स्वास्थ्यमा लगानी गर्दै उनीहरुलाई आफ्नो खुट्टामा उभिन सक्ने बनाउदै अवसर दिनुपर्ने कुरामा जोड दिए । उनले गरिबी र पछयौटेपन दुबै मुलुकको विकासको बाधक भएकोले यसलाई उन्मुलन गर्नका लागि भारत सहकार्यका साथ अघि बढ्न तयार रहेको बताए ।
उनले नेपालमा आँखा स्वास्थ्यको क्षेत्रमा हरेक वर्ष ५ करोड रुपैयाको विकास बजेट सहयोग गर्दै आएकोमा यस वर्षदेखि कान र मधुमेह रोग निदानको लागि पनि सहयोग थपेको जानकारी दिए ।
उर्जाको क्षेत्रमा भारतले नेपालमा ठूलो मात्रामा लगानी गर्न थालेको जनाकारी दिदै पञ्चेश्वर आयोजनाको अध्ययन र सुचारुको लागि आफु आजै महेन्द्रनगर जानलागेको बताए । उनले भने–‘नेपालमा रहेको उर्जा संकट भारतबाट ५ सय मेगावाट सम्मको विद्युत सप्लाईबाट तत्कालको रुपमा भएपनि भारतीय लगानीको अपरकर्णली, पञ्चेश्वर र अरुण तेस्रो जस्ता आयोजना बनेपछि नेपालबाट भारत विद्युुत जानेमा आफु ढुक्क छु ।’


उनले विकासको लागि स्थिरता र सुरक्षा महत्वपूर्ण रहेकोले विकास हुनको लागि यी दुईकुरा आधारस्तम्भ मानेर बाताबरण बनाउन सके सबै कुरा मिलेर जाने धारणा राखे । नेपाल नेत्रज्योति संघ बाँकेका अध्यक्ष रतन टण्डनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थ, स्थानीय विकास अधिकारी हरी प्याकुरेललगायतले बाँकेको विकासको लागि भारतीय दूताबासको सहयोगको बारेमा सह्राना गरेका थिए । उनले बाँकेको राप्तीपारीलाई विषेश फोकस गरी प्राबिधिक शिक्षालय तथा तटबन्ध र भेरी अञ्चल अस्पतालमा रक्त परिक्षण र मुटुको उपचारको लागि क्याथ ल्यावको लागि भारतीय दूतावासको सहयोग आवश्यक रहेको बताए ।
सोमबार साँझ नेपालगन्ज पुगेका भारतीय राजदूत रायले विभिन्न व्यक्तिहरुसंग भेटघाट गर्नुको साथै सीमा क्षेत्रका समस्याका बारेमा छलफल गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

घले बने वल्र्ड च्याम्पियन

४ माघ २०७३, मंगलवार ०८:४५
सदरलाइनडटकम   ४ माघ दुबई  : नेपाली मुलका धनवहादुर घले दुवईमा सम्पन्न कोष्टा लाते आर्ट वल्र्ड च्याम्पियन वनेका छन् । गए राति दुवईमा सम्पन्न प्रतियोगितामा विश्वका ३० प्रतिस्पर्धिलाई उछिन्दै घले विश्व च्याम्पियन वनेका हुन् । कफिद्वारा वनाईने उत्कृष्ट कलात्मक डिग्रंसको उक्त प्रतिस्पर्धा हरेक वर्ष आयोजना हुने गर्दछ । घलेसंगै लगातार […]