नेपाल ईन्डिपेन्डेन्ट फिल्म फेस्टिवलको तयारी तीव्र

२७ पुष २०७३, बुधबार १४:४४
 

सदरलाइनडटकम  
२७ पुस, नेपालगन्ज : नेपाल ईन्डिपेन्डेन्ट फिल्म फेस्टिवलको तयारी तीव्र पारिएको छ । आगामी माघ ८ गतेदेखि नेपालगन्जमा हुने सो फेस्टीबल अन्तरालको आयोजना, व्यवस्थापन र सह आयोजकको रुपमा बास रहेको छ । फेस्टिवल भेरी प्राविधिक शिक्षालय हलमा आयोजना गरिने गरी आयोजनालाई भव्यता दिन अन्य संघ संस्थाहरुसँग सहकार्य भइरहेको आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जनाकारी दिए ।
फेस्टिवलमा कालोपोथी, छायाँ, पुण्टेको पाँग्रो, म खुसी छु, मेला, हेलिकप्टर रेस्क्युअर अन द हिमालय, घुसको लोग्ने, रियालको खोजी, अ सङ्ग फर बारपाक, बियोण्ड द ह्वाइट केन र हरि बहादुर लगायतका तथा डकुमेन्ट्री फिल्महरु सहभागी छन ।
फेस्टिवलका अवसरमा डकुमेन्ट्री निर्माण सम्वन्धी कार्यशाला र अन्तरक्रियात्मक कार्यक्रम आयोजना हुनेछ । विद्यार्थीहरुका लागि अलग्गै कार्यशाला संचालन गरिनेछ भने १ दिन सार्वजनिक मैदानमा पनि फिल्म प्रदर्शन गरिनेछ । २ दिनसम्म चल्ने उक्त फेस्टिवलमा राजधानी काठमाण्डौवाट डकुमेन्ट्री निर्माता एवं फिल्म निर्देशकहरु समेत सहभागी हुनेछन् ।
‘फेस्टिवलको आयोजनाले यस क्षेत्रको इश्यु समेत उजागर गर्न निर्माताहरुलाई ध्यानाकर्षण हुने अपेक्षा गरिएको छ’ अन्तरालका प्रमुख कार्यकारी शाहले भने –‘ फेस्टिवलमा आयोजना हुने कार्यशाला नयाँ निर्माताहरुका लागि कोशेढुंगा सावित हुनेछ ’ । समृद्ध मध्यपश्चिम र सुन्दर सुदुरपश्चिमको नारालाई सघाउनु पनि फेस्टिवलको उद्देश्य हो ।
फेस्टिवलका लागि फिल्म संयोजन लगाएताका कार्यहरुमा सहयोग गरेकोमा अन्तरालले नेपाल इन्डिपेण्डेन्ट फिल्म मेकर सोसाइटीका अध्यक्ष अनुप सुवेदीलाई धन्यवाद दिएको छ ।
फेस्टिवल सफल पार्नको लागि अन्तरालले राजनीतिक दल, नागरिक समाज , विभिन्न पेशा र क्षेत्रका व्यक्तिहरु , विद्मार्थी लगायत सवैमा समस्त संचारकर्मीहरुलाई अनुरोध गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आगामी वर्षमा गरिने कार्यक्रमहरु बारे ४ संस्थाद्वारा सरोकारवला निकायलाई जानकारी

२७ पुष २०७३, बुधबार १४:४४
सिराज खान/सदरलाइन   २७ पुस, नेपालगन्ज : सेभ द चिल्ड्रेनका ४ वटा साझेदार संस्थाहरुले बाँके जिल्लामा सन २०१७ सालमा गर्ने बिभिन्न कार्यक्रमहरुका बारेमा जिल्लाका सरोकारवाला निकायसंग परिचयात्मक कार्यक्रमको आयोजना गरिएको छ । बाँके युनेस्को क्लब, सामाजिक विकास मंच, चेन्ज टिम र असहाय सेवा संघले संयुक्त रुपमा बुधवार आयोजना गरेको परिचयात्मक कार्यक्रममा […]