मेरी मामु भदौ १५ देखि रिलिज हुँदै

२१ श्रावण २०७५, सोमबार २०:१६
 

सदरलाइनडटकम ,
नेपालगन्ज  : बाल मनोविज्ञानमा अधारित नेपाली कथानक चलचित्र ‘मेरी मामु’ को आगामी भदौ १५ देखि देशैभर एकसाथ रिलिज हुने भएको छ ।
सो चलचित्रकी नायिका अस्लेशा  ठकुरीले बालबालिकामा हुने बाल मनोविज्ञानका साथै मनोरञ्जनात्मक सन्देस दिने चलचित्र पूर्णरुपले पारिवारीक चलचित्र भएको जानकारी दिईन ।
‘बालबालिका र अभिभावकबीचको सम्बन्ध तथा अभिभावक नभएका बालबालिकाको स्वभावलाई चित्रण गरी फिल्मको कथा सुरु गरिएको छ । यहाँहरुले माया गरिदिनु हुने आशामा छु’– उनले भनिन् ।
प्रेम गीत–२ को सफलतापछि उनले मेरी मामुमा पनि आफ्नो अभिनयलाई सबैले मन पराई दिने अपेक्षा लिएको बताईन ।
उनले चलचित्रमा बालकको मुख्य रोल भएको जानकारी दिदै आफु आमा र साथीको रोलमा देखिएको बताउदै चलचित्र पूर्ण परिवार परिवारबीचको सम्बन्धमा आधारित भएर निर्माण भएको दाबी गरिन ।
सो चलचित्रका नायक सारुक ताम्राकारले चलचित्रले खास गरी बालबालिकालाई सन्देश दिने भएकोले आफुहरु चलचित्रको प्रमोशनको लागि विभिन्न विद्यालयमा गएर सो को बारेमा जानकारी गराउने गरेको बताए ।
आशुसेन फिल्मसको व्यानरमा निर्मित चौथो फिल्मको रुपमा रहेको मेरी मामुले समाजमा रहेको तर, कसैले ध्यान दिन नसकेको विषयबस्तुलाई आधार बनाएर मेरीमामु चलचित्र निर्माण गरेको दाबी गरेको छ ।
प्रेमगीत, चंखे पंखे शंखे, प्रेम गीत–२ पछि चौथो फिल्मको रुपमा याम थापाको निर्देशनमा बनेको मेरीमामु तीनवटा गीत रहेको र फिल्म २ घण्टा १७ मिनेटको रहेको छ ।

Next Post

नेपालगन्जका मेयर राणाप्रति काँग्रेसका वडाअध्यक्ष आक्रोशित

२१ श्रावण २०७५, सोमबार २०:१६
सदरलाइन / यदुराज मिश्र नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाका मेयर डा. धवलशमशेर राणाप्रति वडाअध्यक्षहरु आक्रोशित भएका छन् । मेयर राणाले हस्तक्षेपकारी ढंगले काम गर्दै आएको भन्दै काँग्रेसका वडाअध्यक्षहरु आक्रोशित भएका हुन् । काँग्रेसका तर्फबाट उपमेयर बनेकी उमा थापा मगरसहित ८ जना वडा अध्यक्षले मंगलवार पत्रकार सम्मेलन गर्दै मेयर राणाले जनप्रतिनिधिको सल्लाहनै […]

सम्बन्धित