नृत्य प्रतियोगिताको छनौट कार्यक्रम सम्पन्न

५ जेष्ठ २०७५, शनिबार २०:२९
 

सदरलाइनडटकम 
५ जेठ, कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा पश्चिम नेपालकै उच्च राशिको नृत्य प्रतियोगिताको छनौट राउण्ड शनिबार सम्पन्न भएको छ ।
कोहलपुरको साईनिङ्ग स्टार विद्यालयमा शनिबार छनौटका प्रतियोगिता सबै सम्पन्न भएको आयोजक निहारिका फिल्मस् प्रालिका अध्यक्ष मम्मुन शाक्य श्रेष्ठले जानकारी दिए । उनले आउने शनिबार तेस्रो राउण्डका लागि ५० जना प्रतियोगिहरुलाई छनौट गर्ने बताए ।
प्रतियोगितामा ३ सय ३४ जना प्रतियोगिले सहभागिता जनाएका थिए, भने छनौट राउण्ड पार गर्न २ सय ३४ जनाले मात्र सफल भएको आयोजले जनाएको छ ।
निहारीका फिल्मस् प्रालिको आयोजना भएकोे सो नृत्य प्रतियोगिताको प्रथम हुनेले १ लाख राशीको रहेको कार्यक्रम प्रस्तुतकर्ता दिपक श्रेष्ठले बताए । निहारीका फिल्मस् प्रालिले बाँकेको कला सांस्कृति प्रोत्साहन गर्नलाई यो नृत्य प्रतियोगिताको आयोजन गर्न लागिएको श्रेष्ठले बताए ।
नृत्य प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, द्वितिय हुनेलाई ५० हजार, तृतिय हुनेलाई २५ हजार र प्रतियोगिताको १० स्थानसम्म आउने प्रतियोगीलाई म्यूजिक भिडियोमा मौका दिने पनि बताएको छ ।
प्रतियोगिताका लागि देशभरबाट सहभागी रहने साथै प्रतियोगिताको ६ भागमा नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिने पनि आयोजकले जनाएको छ ।   

Next Post

काव्य विमर्श तथा बहुभाषिक कवी गोष्ठी

५ जेष्ठ २०७५, शनिबार २०:२९
सदरलाइनडटकम ५ जेठ, नेपालगन्ज : नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा भेरी सहित्य समाज नेपालगन्जको आयोजनामा नेपालगन्जमा काव्य विमर्श तथा बहुभाषिक कवी गोष्ठि सम्पन्न गरिएको छ । सो गोष्ठीमा कवीताको विविध पक्षबारे चर्चा गरिनुका साथै विभिन्न भाषाका काव्य रचना प्रस्तुत गरिएको थियो । प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा अमर गिरिले काव्य रचना सैद्धान्तिक […]