आगामी वर्षमा गरिने कार्यक्रमहरु बारे ४ संस्थाद्वारा सरोकारवला निकायलाई जानकारी

२७ पुष २०७३, बुधबार १४:५०
 

सिराज खान/सदरलाइन  
२७ पुस, नेपालगन्ज : सेभ द चिल्ड्रेनका ४ वटा साझेदार संस्थाहरुले बाँके जिल्लामा सन २०१७ सालमा गर्ने बिभिन्न कार्यक्रमहरुका बारेमा जिल्लाका सरोकारवाला निकायसंग परिचयात्मक कार्यक्रमको आयोजना गरिएको छ ।
बाँके युनेस्को क्लब, सामाजिक विकास मंच, चेन्ज टिम र असहाय सेवा संघले संयुक्त रुपमा बुधवार आयोजना गरेको परिचयात्मक कार्यक्रममा सन २०१७ सालमा सेभ द चिल्ड्रेनको सहयोगमा गरिने विभिन्न कार्यक्रमका बारेमा सरोकारवालालाई जानकारी गराईएको हो ।
विभिन्न सरकारी निकायका प्रमुखहरु, बिद्यालयका प्रधानाध्यापक, शिक्षक शिक्षिका, वडा बाल संरक्षण समितिका पदाधिकारी, बाल क्लबका पदाधिकारी, साझेदार संस्थाका पदाधिकारी लगायत गरी ८० जनाको सहभागितामा सम्पन्न सो कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक आशिष बर्मा, सामाजिक विकास मंचका कार्यक्रम संयोजक शिवानी भट्टराई, चेन्ज टिमका कार्यक्रम संयोजक इन्द्रा कुमारी जीसी र असहाय सेवा संघका रविन्द्रसिंह राठौरले संस्थाको सामान्य परिचयसहित २०१७ सालमा गरिने कार्यक्रमहरु बारे जानकारी गराएका थिए ।
सामाजिक विकास मंचका वरिष्ठ सल्लाहकार घनश्याम उपाध्यायको सभापतित्वमा भएको सो कार्यक्रममा बाँकेका जिल्ला शिक्षा अधिकारी भिम बहादुर साउद, जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत सरोज शाह, जिल्ला शिक्षा कार्यालयका राम सुरेश यादव, श्रोत ब्यक्ति केशव पौडेल, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदी, महिला विकास निरिक्षक कामना सिंह, जिल्ला बाल क्लब संजालका अध्यक्ष स्वेता गुरुंग, नगर बाल क्लब संजालका अध्यक्ष अन्जना चतुर्वेदी, सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम संयोजक कालुसिंह कार्की, कार्यक्रम अधिकृतहरु विरेन्द्र थापा र फुल कुमारी चौधरी, बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान लगायतको उपस्थिति रहेको थियो ।



सो अवसरमा सहभागि अधिकांश सरोकारवालाहरुले सेभ द चिल्ड्रेनको सहयोगमा संचालित कार्यक्रमहरु प्रभावित भएको जनाउँदै थप कार्यक्रम पनि चलाउनु पर्ने माग गरेका थिए ।
बाँके युनेस्को क्लबले नेपालगन्जमा सहरी गरिब बस्ती बाल केन्द्रित कार्यक्रम सहयात्रा संचालन गरिरहेको छ भने सामाजिक विकास मंचले युवा सशक्तिकरण परियोजना तथा चेन्ज टिम र असहाय सेवा केन्द्रले एचआइभी एड्स सम्बन्धि कार्यक्रम संचालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली कथानक चलचित्र ‘सरांक’को पहिलो ट्रेलर सार्वजनिक

२७ पुष २०७३, बुधबार १४:५०
सदरलाइनडटकम   २७ पुस काठमाण्डौ : नेपाली कथानक चलचित्र ‘सरांक’को पहिलो ट्रेलर राजधानीमा पत्रकार सम्मेलन गरी सार्बजनिक गरिएको छ । स्वतन्त्र राष्ट्रबादी भावना बोकेको चलचित्र सरांकलाई बरिस्ट रंगकर्मी वीरेन्द्र हमालले निर्देशन गरेका छन् । युवा निर्देशक सागर सिंह ठकुरीको पटकथा र सम्बाद एबम मुख्य सहायक निर्देशन रहेको सो चलचित्रमा सपना […]