खजुरा गाउपालिकाले विद्यालय शिक्षालाई नमूना बनाउदै

सदरलाइन संवाददाता २३ भाद्र २०७८, बुधबार १९:०९
 


नेपालगञ्ज  :  बाँकेको खजुरा गाउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले खजुरा गाउपालिकाले विद्यालय स्तरको शिक्षालाई नमूना बनाउने गरि विभिन्न योजना अघि सार्दै आएको बताएका छन् ।

गाउँपालिकामा ५५ औं अन्तराष्ट्रिय साक्षरता दिवसको कार्यक्रममा बोल्दै अध्यक्ष कक्षपतिले खजुरा गाउँपालिकालाई शिक्षालाई प्रथामिकतामा राखेर समयको माग अनुसारको शिक्षण पद्धतीलाई अबलम्बन गर्न सुरु गरेको दाबी गरे ।

उनले भने–‘ खजुरा गाउपलिकामा बाहाली भएर आएपछि पालिकाका विद्यालयलाई डिजिटिलाईजेशन गर्नको लागि आवश्यक सामग्री वितरण गरेका छौ । कोरोना कहरमा पनि विभिन्न संघसंस्थाको सहयोगमा बैकल्पिक माध्यामबाट कक्षा सञ्चालन गर्न सफल भएका छौ ।’

अध्यक्ष कक्षपतिको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम खजुरा गाउपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजना प्लान इन्टरनेशनल नेपाल,बाँके युनेस्को क्लव, सामाजिक सचेतन सरोकार मंच स्याक बाँके तथा तथा शिक्षाको क्षेत्रमा कृयाशिल संघसंस्थाको सहभागिता सहकार्य रहेको थियो ।

सो अवसरमा खजुरा गाउपालिका उपाध्यक्ष एकमाया बिकले पालिका स्तरको साक्षरता दर न्युन भइसेको र पालिकाले साक्षरता गाउपालिका घोषण गरी सके पनि यसका केहि अबशेषहरु रहेकाले सबंैले महत्वपुर्ण रुपमा आ–आफ्नो दायित्व पुरा गर्ने कुरामा जोड दिईन ।


उनले विद्यालयको शैक्षिक गुणस्तिर बृद्धिका लागि विद्यालय ब्यबस्थापन समिति शिक्षक प्रधानाध्यापकहरुको महत्वपुर्ण भुमिकाले मात्र गुणस्तिरिय शिक्षा बालबालिकाले हासिल गर्ने भएको हुँदा पालिकाले राम्रो गर्ने विद्यालय, व्यवस्थपान समिति, शिक्षक, प्रधानअध्यापकलगायतलाई सम्मान तथा पुरस्कृत गर्ने योजना समेत रहेको बताईन ।

कार्यक्रममा पालिका स्तरका विद्यालयहरुमा अध्यापन गराउने शिक्षक, प्रधानाध्यापक, विद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरुलाइ सम्मान गरिएको छ । भने खजुरा गाउपालिका भित्रका सामुदायिक विद्यालयहरुको बालमैत्री तथा लैगिंक मैत्री गुणस्तरिय शिक्षाका लागि खजुरा गाउपालिकासंगको समन्वयमा परियोजना मार्फत कामगर्ने प्लान इन्टरनेशनल नेपाल तथा स्याक नेपाल बाँकेलाइ समेत सम्मान गरिएको थियो ।

परियोजना संचालन भएको विद्यालय अम्बेमाता आधारभुत विद्यालय पालिका स्तरमा नमुना विद्यालयको रुपमा छनौट भएको छ । कार्यक्रममा खजुरा गाउपालीका प्रमुख प्रशासकिय अधिकृत, शिक्षा समितिका पदाधिकारीहरु, सामुदायिक विद्यालयका प्राधानाध्यापक, विद्यालयका शिक्षकहरु, बिभिन्न गैसस कर्मीहरुको सहभागीता रहेको थियो ।

पुरस्कृत हुनेहरु अधिकाशं प्लान इन्टरनेशनल नेपाल तथा स्याक नेपाल बाँकेबाट संचालन भएको सिकाइ परियोजना संचालन भएका विद्यालयका शिक्षक विद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरु समेत रहेको परियोजना अधिकृत लक्ष्मी शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अबैधरुपमा केराउ भारत निकासी गर्ने चौधरी प्रहरी नियन्त्रणमा

२३ भाद्र २०७८, बुधबार १९:०९
बर्दिया  :  बर्दिया प्रहरीले ४ लाख ३० हजार ५ सय बराबरको ६१ क्विन्टल ३० किलोग्राम केराउ चोरी निकासी गरी भारत तर्फ लैजांदै गरेको अवस्थामा फेला पारी केराउ सहित १ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी निरिक्षक गोपाल पौडेल र ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला बर्दिया […]