भ्रष्टाचारबिरुद्ध अन्तर माविस्तरीय गजल प्रतियोगिता बाँकेको खजुरा श्रोत केन्द्रमा

१४ पुष २०७३, बिहीबार १२:२९
 

सदरलाइनडटकम 
१४ पुस, नेपालगन्ज  : भ्रष्टाचार बिरुद्ध अन्तर माविस्तरीय गजल प्रतियोगिता बाँकेको खजुरा श्रोत केन्द्रमा सम्पन्न भएको छ । ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालको सहयोग तथा बास नेपालगन्जको आयोजनामा सो प्रतियोगिता सम्पन्न भएको हो ।
आदर्स श्रोत केन्द्र खजुरा अन्तरगतका ८ ओटा विद्यालयका १४ जना प्रतियोगिहरुको सहभागीता रहेको प्रतियोगितामा ज्ञानोद्धय उच्च मावि की माया बिक प्रथम स्थान हासिल गर्न सफल भएकीछन् । यसैगरी प्रतियोगितामा भानु मावि उढरापुरका नकील अन्सारी द्धितीय, ज्ञानोदय उमावि कै दिलराज बम तृतीय र जनता उच्च माबि सन्तकोटीकी प्रतिमा बुढाले सान्त्वना स्थान हासिल गरिन ।
प्रतियोगिताको नतिजा घोषणा गर्दै निर्णायक मध्येकी ऋचा लुईटेलले बिद्यार्थीहरुले भ्रष्टाचार जस्तो गहकिलो र अप्ठेरो बिषयमा सोचे भन्दा राम्रो गजल बाचन गरेको बताईन । गजल लेखनमा निरन्तर मेहेनत गरेमा साहित्यलाई पेशाकै रुपमा अंगाल्न सक्ने भन्दै बिद्यार्थीहरुको गजल लेखन प्रतिको चाहनालाई बिद्यालय र शिक्षकले समेत प्रोत्साहन गर्न अनुरोध गरिन् ।
प्रतियोगिताका प्रथम, द्धितिय, तृतीय तथा सान्त्वना हुन सफल बिद्यार्थीलाई ट्रफि, पुरस्कार तथा प्रमाणपत्र बासका कार्यक्रम अधिकृत हेमराज भट्ट र निर्णायक ऋचा लुईटेलले प्रदान गरेका थिए । बासका कार्यक्रम सहायक खेम बिष्टले संचालन गरेको कार्यक्रममा स्वागत बासका कार्यक्रम संयोजक बिनोद शर्माले गरेका थिए ।
भ्रष्टाचार बिरुद्धको समसामयिक अवस्थाको उठान गर्दै भ्रष्टाचारी बिरुद्ध तिखो ब्यंग गजल मार्फत बिद्यार्थीहरुले प्रहार गरेका थिए । सहभागी सबै प्रतियोगि तथा सहभागी बिद्यालयहरुलाई समेत प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिताको धन्यबाद ज्ञापन सहित समापन बासका कार्यक्रम अधिकृत हेमराज भट्टले गरेका थिए । बासले विद्यालय लक्षीत कार्यक्रम अन्तरगत विभिन्न समयमा यस्ता प्रतियोगिताहरु जिल्ला भरी नै संचालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अव भोटिङ्ग गर्न मात्र २ दिन बाँकी

१४ पुष २०७३, बिहीबार १२:२९
सदरलाइनडटकम    १५ पुस, नेपालगन्ज  :  ईन्टीग्रेटीआईडल नेपाल–२०७३ को टप फाईभमा पर्न सफल भएकी बिन्दु कुँवर ईन्टीग्रेटीआईडल नेपाल–२०७३ बनाउनको लागि भोटिङ्ग गर्ने दिन अव मात्र २ दिन रहेको छ । उनलाई सो उपाधि जिताउनको लागि विभिन्न अभियान सञ्चालनमा ल्याईएको छ । महिला तथा बालबालिका कार्यालय बाँकेमा विगत १३ वर्षदेखि महिला […]