नेपालगञ्ज : साहित्यका क्षेत्रमा स्थापना गरिएको लक्षिमा–शेरबहादुर रानाभाट स्मृति पुरस्कार एवं सम्मान भेरी साहित्य समाजका संस्थापक अध्यक्ष डा.नारायणप्रसाद शर्मा गैरेलाई प्रदान गरिएको छ ।
भेरी साहित्य समाज केन्द्रीय समितिको आयोजनामा नेपालगञ्जमा आयोजित कार्यक्रमका बीचमा लक्षिमा–शेरबहादुर रानाभाट स्मृति पुरस्कार एवं सम्मान कार्यक्रममा डा. गैरेलाई नगद १५, हजार १ सय ११ रुपैयाको सो पुरस्कार प्रदान गरिएको हो । साथै सोही अवसरमा कृति बिमोचन र कवि गोष्ठी कार्यक्रम आयोजना गरिएको थियो ।
सो समारोहमा भरत बहादुर रानाभाटको ‘नियति’ कथा सङ्ग्रह बिमोचन गरिएको थियो । ‘नियति’ कथा सङ्ग्रहको बारेमा छोटो समिक्षात्मक टिप्पणी भेरी साहित्य समाजका केन्द्रीय सदस्य मीना बरालले गरेकी थिईन । लक्षिमा शेर बहादुर रानाभाट स्मृति पुरस्कार कोषको बारेमा कोषका संस्थापक भरतबहादुर रानाभाटले प्रकाश पारेका थिए ।
भेरी साहित्य समाज केन्द्रीय अध्यक्ष तथा प्राज्ञ हरिप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथिको रुपमा पूर्व प्राज्ञ सचिव सनत रेग्मी रहेका थिए । कार्यक्रममा प्राज्ञ सभा सदस्य तथा प्रा. डा. कपिल लामिछाने, लायन्स क्लब डिस्टिक ३२५ बि–२ का पूर्व डिस्टिक गभर्नर तथा समाजसेवी उद्योगी मधुसुदन शर्मालाई सम्मान गरिएको थियो ।
सो अवसरमा पुरस्कार स्थापना गर्ने व्यक्तित्व कथाकार भरत रानाभाटको दोस्रो कथासंग्रह ‘नियती’ को बिमोचन समेत गरिएको थियो । सो कार्यक्रममा बिभिन्न साहित्यिक सास्कृतिक सघं सस्थाका सदस्य बर्ग, साहित्यकार कवि लेखक पत्रकारको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सञ्चालन लेकप्रसाद प्याकुरेलले गरेका थिए ।