एमाले निकट कर्मचारी संगठनको राष्ट्रिय अधिवेशनमा प्रतिनिधि मनोनितको किचलो

२६ मंसिर २०७३, आईतवार १६:५८
 

सदरलाइनडटकम,    
२५ मङ्सिर , नेपालगन्ज – मुलुककै सबैभन्दा जेठो र ठूलो निजामती क्षेत्रमा क्रियाशिल टे«ड यूनियन नेपाल निजामती कर्मचारी संगठनको १० औं राष्ट्रिय अधिवेशनको अन्तिम बैठकमा प्रतिनिधि मनोनयनको विषयमा अध्यक्षले एकलौटी गर्न खोजेपछि बिबादित भएको छ ।
नेपालगन्जको न्यूरोडमा रहेको होटल स्वस्तिकमा बसिरहेको केन्द्रीय बैठकमा राष्ट्रिय अधिवेशनमा प्रतिनिधित्व गर्ने मनोनित प्रतिनिधिका बारेमा अध्यक्ष मोहन घिमिरेले अञ्चलबाट र कुल संख्याको २ प्रतिशत प्रतिनिधि मनोनित गर्ने कुरामा एकलौटी नाम प्रस्तुत गर्न खोजेपछि बिबाद भएको हो ।
बैठकमा सहभागि एक सदस्यले भने,‘अध्यक्षबाट एकलौटी रुपमा मनोनित गर्न खोजिए पछि विरोध भएको हो । संगठनको विधान बमोजिम हुनु पर्ने कुरालाई एकलौटी पेलेरै जान थालेको कारण हामीले बिरोध जनायौं ।’ ‘ ’
सोमबार उद्दघाटन हुने तयारीमा रहेको राष्ट्रिय अधिवेशनमा प्रस्तुत हुने आर्थिक, सांगठनिक र विधानका विषयमा छलफल गरी अन्तिम निकास दिनुपर्ने बेलामा प्रतिनिधि मनोनित गर्ने विषयमा नै विबाद सुरु भएपछि अध्यक्ष घिमिरेले एकलौटी आफ्नो कुरा सुनाएर बैठकबाट बाहिरिएका थिए ।
संगठनका निवर्तमान अधयक्ष पुण्य ढकालले अध्यक्षले एकलौटी रुपमा पेलेर जान खोजे परिणम घातक हुने चेतावनी दिएका छन् । उनले भने,‘ अध्यक्षले एकलौटी पेलेर जान खोजे डटेर प्रतिकार गरीने छ । यसले अधिवेशनलाई पनि प्रभावित बनाउने छ ।’ उनले विधि र विधान बमोजिम मनोनित नभए कुनै कुरा मन्य नहुने बताए ।
उनले भने,‘विधि र विधान मिचेर जान खोजेपछि अव आधाआधा प्रतिनिधि भएमात्र मान्य हुुने छ नत्र कुनैपनि हालतमा मानिने छैन ।’ प्रतिनिधि छनौटमा पेलेर जान खोजे अधिवेशनलाई नै प्रभावित बनाउने र त्यसको सम्पूर्ण जिम्मेवारी अध्यक्ष घिमिरेको समुहले लिनु पर्ने तर्क राखे ।


अञ्चलबाट ४८ र २ प्रतिशतले मनोनित गरिनेमा १६ जना गरी जम्मा ६६ जना मनोनित हुने छन् । संगठनको विधान अनुसार श्रेणीविहीन, चालक, बहिदार लगायतकाबाट र आदिबासी जनजाती, पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गराउनको लागि मनोनित गर्नुपर्नेमा अध्यक्ष घिमिरेले बिधान मिचेर एकलौटी गर्न खोजेपछि विवाद भएको हो ।
राष्ट्रिय अधिवेशन नेपालगन्जमा यहि मंसिर २७ देखि २९ गतेसम्म हुदैछ । यस अधिवेशनले ३ बर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने भएकोले यो अधिवेशनलाई नेपालको निजामती क्षेत्रमा चासोका साथ हेरिएको छ ।
यो अधिवेशनमा नेतृत्व चयन गर्नका लागि १ सय १७ जिल्ला/विभागिय कार्य समितिबाट प्रतिनिधी छनौट भई आईसकेको छ । आधिकारिक टे«ड यूनियनमा ८० स्थानमा विजयी भएको संगठनले आधिकारिक टे«ड यूनियनका जिल्ला विभागिय कार्य समितिका अध्यक्षलाई समेत अधिवेशन प्रतिनिधिको रुपमा प्रतिनिधित्व गराउने गरी विधान संशोधन गरेको छ ।
यसैगरी संगठनको अभिभावकत्वमा संचालित राष्ट्रसेवक सहकारीका अध्यक्षहरु समेत प्रतिनिधिका रुपमा रहने संगठनका केन्द्रीय सदस्य गगनबहादुर बिकेले जानकारी दिए । अधिवेशनमा प्रतिनिधी र पर्यवेक्षक गरी करिब नौ सयको सहभागिता रहनेछ । अधिवेशन सम्पन्न गर्नका लागि करिब ७० लाख रुपिया खर्च हुने अनुमान गरिएको छ ।
अधिवेशनको मंसिर २७ गते दिउसो १ बजे नेपालगन्जको सुर्खेतरोडमा रहेको सिद्वार्थ कटेजमा पुर्ब प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनमा सहभागी हुनका लागि प्रतिनिधी र पर्यवेक्षकहरु नेपालगन्ज आउनेक्रम सुरु भएको छ । नेपालगन्जका विभिन्न स्थानमा स्वागत गेट निर्माण गरिएको छ ।



अधिवेशनलाई व्यवस्थित बनाउनका लागि विभिन्न उपसमितिहरुले नियमित काम गरिहेका छन्, केन्द्रीय सदस्य विकेले भने,– अधिवेशनको तयारी करिब पुरा भएको छ ।
अधिवेशनको उद्घाटनमा बर्तमान र पुर्ब प्रशासकसहित नेपाल बाहेक अन्य मुलुकका भाईचारा संगठनबाट समेत प्रतिनिधित्व हुने भएको छ । संगठनको राष्ट्रिय अधिवेशनको तयारीका लागि केन्द्रीय अध्यक्ष मोहन घिमिरे सहितका केन्द्रीय पदाधिकारी नेपालगञ्ज पुगिसकेको केन्द्रीय सदस्य विकेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संविधान संशोधनको प्रस्ताव कुनै पनि हालतमा पास हुँदैन : एमाले अध्यक्ष ओली

२६ मंसिर २०७३, आईतवार १६:५८
सदरलाइनडटकम  २७ मंसिर, नेपालगन्ज  : नेकपा एमालेका अध्यक्ष तथा केपी शर्मा ओलीले संविधान संशोधनको प्रस्ताव फिर्ता लिनुको बिकल्प नभएको दावी गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका उनले चौतर्फि बिरोध भएको प्रस्तावलाई जसरी पनि पास गराई छाड्छु भन्नु सरकारको मुर्खता भएको ठोकुवा समेत गरे । प्रेस चौतारी नेपाल बाँकेले नेपालगन्जमा […]