एम्बुलेन्समा तस्करीको सामान भेटिएपछि …

१७ चैत्र २०७३, बिहीबार १८:१६
 

सदरलाइन / रुद्र सुवेदी   
१७ चैत, नेपालगन्ज  : सामान्यतया एम्बुलेन्समा विरामी ओसार पसार गरिन्छ भन्ने आम मानिसलाई जानकारी छ । तर, नेपालगन्जमा एक एम्बुलेन्स विरामीको साटो तस्करीको सामान सहित प्रहरीको फन्दामा परेको छ ।
सशस्त्र प्रहरीको गस्तीटोलीले बिरामी बोक्ने एम्बुलेन्समा भन्सार छलेर नेपाल भित्र्याउदै गरेको साडी र लेहंगासहित दुई जनालाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।
सीमा सुरक्षा कार्यालय महेन्द्रनगरबाट गस्तीमा निसकेको सशस्त्र प्रहरीको गस्ती टोलीले भन्सार छलेर भारतीय बजार रुपैडिहाबाट नेपालगन्ज ल्याउदै गरेको अवस्थामा बुधबार राती करिव पौने ११ बजे भे १ च ८३० नं.को एम्बुलेन्सबाट १ सय ९८ थान लेहंगा साडिसहित नेपालगन्जको परस्पुरचोकबाट नियन्त्रणमा लिएको छ ।
नेपाल–भारत भूतपूर्व सैनिक संघले भारत सरकारको सहयोगमा सञ्चालन गर्दै आएको सो एम्बुलेन्समा पक्राउ परेको सामान नेपालगन्ज–५ न्यूरोडमा व्यवासाय सञ्चालन गर्दै आएका व्यावसायी कमल सिंह क्षेत्रीको भएको समाचार स्रोतले जनाएको भएपनि कसको हो प्रहरीले खुलाउन चाहेन ।
भारतको लखनउ विरामी बोकेर जाने एम्बुलेन्सले फर्कदा एम्बुलेन्सलाई चेकजाँच नहुने भएकोले प्रत्येक पटक यसरी नै सामान बोकेर आउने गरेको सुराकीले दिएको सूचनाको आधारमा समानसहित राती पौने ११ बजे पक्रउ परेको हो । पक्राउ परेको सामानको मूल्य १ लाख ४८ हजार र गाडिको साढे ३ लाख तोकी आवश्यक कारबाहीको लागि नेपालगन्ज भन्सार पठाईएको सीमा सुरक्षा कार्यालय महेन्द्रनगरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजु अधिकारीले जानकारी दिए ।
प्रहरीले एम्बुलेन्सका चालक र सहचालक अजय बाल्मिकी र राहुल बाल्मिकीलाई समेत नियन्त्रमा लिएर अत्यावश्यक सामानको दुरुपयोग गरेको आरोपमा मुद्दा चलाउने तयारी गरेको जनाएको छ । नेपालगन्जमा विभन्न संस्थाको नाममा अत्यावश्यक सेवा अन्तरगत एम्बुलेन्स झिकेर सञ्चालन हुने गरेका छन् ।
एम्बुलेन्स सञ्चालन गर्ने कतिपय संघसंस्थाहरुले चालकलाई नै एम्बुलेन्स सञ्चालनको लागि ठेक्कामा दिने र चालकले एम्बुलेन्स कसरी चलाएको छ भन्ने समेत कुनै हेक्का नगर्ने कारण अत्यावश्यक सेवाका लागि सञ्चालन गरिएका एम्बुलेन्स दुरुपयोग हुने गरेको प्रहरीको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्ज उप–महानगरपालिकाको मेयरका दाबेदारहरु यस्ता छन्

१७ चैत्र २०७३, बिहीबार १८:१६
सदरलाइनडटकम        १८ चैत, नेपालगन्ज : जंगबहादुर राणाको सपनाको शहर नेपालगन्ज उप–महानगरपालिकाको मेयरको लागि संविधान सभामा प्रत्यक्ष तथा बन्दसुचीका पराजित उम्मेदवारदेखि सर्वसाधारणले आ–आफ्नो दावी गरेका छन् । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा बाँकेका राजनीतिक पार्टीहरुले कसलाई उम्मेदवार बनाउने भनेर औपचारिक छलफल र निर्णयहरु नगरे पनि चिया पसलमा होस वा […]

सम्बन्धित