नेपालगञ्जमा आईटीएफ प्रतियोगिता हुने

सदरलाइन संवाददाता ११ मंसिर २०७८, शनिबार १६:०१
 

नेपालगञ्ज : बाँके जिल्ला तेक्वान्दो (आईटिएफ) संघले बाँकेमा नगरस्तरीय तेक्वान्दो प्रतियोगिता गर्ने भएको छ ।

आयोजकले शनिवार नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै नेपालगञ्ज रंगशालामा प्रतियोगिता आयोजना हुने जानकारी दिएको हो । मंसिर २४ र २५ गते नगरस्तरीय तथा बाँके जिल्लाका आईटिएफ खेलाडीहरुका लागि प्रतियोगिता हुन लागेको खेलका संयोजक रंजित गिरिले जानकारी दिए ।

गिरिका अनुसार प्रतियोगितमा नगरका २४ वडा र जिल्लाका गरि २ सय ३० जना खेलाडीहरुले सहभागिता जनाउने छन् । साथै अफिशियलहरु पनि प्रतियोगितामा सहभागी हुने छन् ।


जिल्लामा खेल क्षेत्रको विकाससँगै खेलाडीहरुको क्षमता विकासका लागि प्रतियोगिता सञ्चालन गर्न लागेको भन्दै प्रतियोगितालाई भव्य बनाउनका लागि सबै वडालाई सहयोगको गर्न आग्रह गरिएको छ । प्रतियोगितामा महिला पुरुष तर्फ २० केजी तौल सूमहदेखि ७० केजी तौल समूहका खेलाडीहरुले सहभागिता जनाउन पाउने छन् ।

प्रतियोगितमा प्रथम, द्वितीय र तृतीय हुनेले नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देवरको हत्या गरेको अरोपमा भाउजु पक्राउ

११ मंसिर २०७८, शनिबार १६:०१
नेपालगञ्ज : सल्यानमा आफ्नै देवरको हत्या गरेर जलाएको आरोपमा भाउजुसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको शारदा नगरपालिका–५ का ३० वर्षीय शेरबहादुर चन्दको हत्याको आरोपमा प्रहरीले आफ्नै भाउजू २६ वर्षीया लक्ष्मी र छिमेकी भाउजु नातामा पर्ने २५ वर्षीया राधा पौडेल चन्दलाई पक्राउ गरेको हो । चन्दको शव आधा जलेको […]