संगैसिकौ संगैबढौ कार्यक्रमले बालबालिकामा सिकाई बृद्धि भएको दावी

२६ कार्तिक २०७३, शुक्रबार १४:४२
 

सपना विष्ट/सदरलाइन, 15052060_10202297032023237_1816664533_o  
२६ कात्तिक, नेपालगन्ज: विश्व शिक्षाको आर्थिक सहयोगमा वेस बाँकेको सञ्चालनमा रहेको ‘संगैसिकौ संगैबढौं’ कार्यक्रम अन्तगत आर्थिक शिक्षा तथा जिविकोपार्जन कार्यक्रमको जिल्ला स्तरीय समीक्षा बैठक सम्पन्न भएको छ । ब्याकवार्ड सोसाईटी बेसले बाँकेको बैजापुर, दाङ्गको डुरुवा र मानपुर गाविसमा सन २०१३ को अप्रेलदेखि २०१६ नोभेम्बरसम्म सञ्चालन गरेको संगैसिकौ संगै बढौं कार्याक्रम अन्तरगत आर्थिक शिक्षा तथा जिविकोपार्जन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
आगामि वर्षसम्मको लागि सञ्चालनमा रहने सो कार्यक्रम सञ्चालन हुनु अगाडि र सञ्चालन भएर हालसम्मको अवस्थाको बारेमा सो बैठकमा छलफल गरिएको थियो । कार्यक्रम सञ्चालन पछि बाँकेको बैजापुर र दाङ्गको मानपुर तथा डुरुवा गाविसका बालबालिकाको शिक्षण सिकाईमा बृद्धि भएको पाईएको छ ।

15058043_1426307484061078_1542371402_n
बेस र ग्रामिण महिला उत्थान केन्द्रले आयोजना गरेको सो जिल्ला स्तरिय बार्षिक समिक्षा कार्यक्रममा ‘सँगै सिकौँ, सँगै बढौँ’ परियोजनाका कार्यक्रम संयोजक लालबहादुर चौधरीले कक्षा १ मा २३ प्रतिशत, कक्षा २ मा ३१ र ३ कक्षामा २० प्रतिशत शिक्षण सिकाई बृद्धि भएको बताए ।
उनले बाल विकास केन्द्रबाट कक्षा १ मा भर्ना हुने दर २६ प्रतिशतले बढेको बताए । ‘सन् २०१४ मा बालविकास केन्द्रमा भर्ना हुने दर ७२ प्रतिशत थियो, सन् २०१५ मा ८५ र सन् २०१६ मा बढेर ९३ प्रतिशत पुगेको छ,’ उनले भने, ‘बाल विकास केन्द्रमा २१ प्रतिशत बालबालिकाको पहुँचमा समेत बृद्धि भएको छ ।’
कार्यक्रम सञ्चालन भएपछि बालबालिकामा सामुहिक सिकाईको बानी बसेको, नियमित विद्यालय आउन थालेको साथै अभिभावकलाई समेत केही सहयोग उपलब्ध गराएको कारणले उनीहरुबाट समेत आफ्नो बच्चाको बारेमा चासो बढाउदै विद्यालय पुग्ने गरेको पाईएको सहयोगी संस्था ग्रामिण महिला उत्थान केन्द्रका अरुणा चौधरीले जानकारी दिईन ।


14971891_1426307294061097_1088827735_n
कार्यक्रमले बैजापुर गाविसका १० सामुदायिक विद्यालयलाई समेटेको छ । सदरमुकाम नेपालगन्ज भन्दा झण्डै ६० किलोमिटरको दुरीमा रहेको सो गाविसमा ७० प्रतिशत थारु समुदायको बस्ती भएको र उनीहरुका बालबालिकामा रहेको भाषिक समस्यालाई हल गर्दै सिकाईको अवसर जुटाउन सो कार्यक्रम फलदायी भएको उनले बताईन ।
बाँकेका जिल्ला शिक्षा अधिकारी भिमबहादुर साँउदले विद्यार्थीहरुमा सिकाईको उपलव्धी गुणस्तरियता बढाउनको लागि संगैसिकौ संगै बढौं कार्यक्रमको निरन्तरताले सहज हुने विद्यार्थीमा सिक्ने ईच्छा उजागर हुने बताए । जिल्ला शिक्षा अधिकारी साउदले स्थानीय भाषामा बालबालिकालाई सिकाउँदा छिटो र सरल तरिकाले बुझ्ने बताए ।
बेस बाँकेका अध्यक्ष लाहुराम थारुले पहिला राम्रोसंग बोल्न र आफ्नो नाम पनि भन्न नसक्ने थारु समुदायका बालबालिकाहरु बेसले विश्व शिक्षाको सहयोगमा बैजापुर गाविसमा पढाई प्रबद्र्धन कार्यक्रम लागू गरेपछि उनीहरुमा सिकाईको भावना विकशित भएर आएको र स्टेजमा सजिलै उभिएर आफ्नो नाम भन्नसक्ने साथै दिएका अनुच्छेद सजिलै पढ्न सक्ने भएको बताए ।
बेस बाँकेका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा भएको जिल्ला जिल्ला जनस्वास्थ्य प्रशासक खिमबहादुर खड्का लगायतले ‘सँगै सिकौँ, सँगै बढौँ’ परियोजनाले शिक्षामा पु¥याएको योगदानको चर्चा गरेका थिए । विश्व शिक्षाले समेत शिक्षण सिकाईको बारेमा प्रगति विवतरण प्रस्तुत गरेको कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, शिक्षासँग विभिन्न संघसंस्था, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एकसाता पछि सर्यो बैशाली साईकल क्रिकेट प्रतियोगिता

२६ कार्तिक २०७३, शुक्रबार १४:४२
सदरलाइनडटकम,  २७ कात्तिक, नेपालगन्ज : नेपालगन्जमा आयोजना गर्न लागिएको अण्डर सिक्सटीन टी–ट्वान्टी क्रिकेट प्रतियोगिता प्राविधिक कारणले एक सातापछि हुने भएको छ । रोयल स्पोर्टस क्लब, नेपालगन्जको आयोजना तथा बैशाली साईकलको प्रायोजनमा हुन लागेको सो प्रतियोगिता प्राबिधिक कारणले दोस्रो पटक सारिएको आयोजकले जनाएको छ । कार्तिक २७ गतेबाट संचालन गरिने भनिएको […]