स्कुटी र मोबाईल चोरीमा बालक समातिए

३ कार्तिक २०७३, बुधबार १४:५६
 

सदरलाइनडटकमBalak (2)
३ कात्तिक, नेपालगन्ज : ईलाका प्रहरी कार्यालय कोहलपुरले स्कुटी चोरी गरेको आरोपमा दुई जना बालक र मोवाईल चोरेको आरोपमा एकजना गरी ३ जनालाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरीक्षक सुरेशप्रसाद काफ्लेले दिएको चोरी गरेर लैजादै गरेको अवस्थामा स्कुटर सहित २ जना बालकलाई वाइसिएल बाँकेले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ ।
कोहलपुर–११ का आकाश कार्कीको स्कुटर चोरेर लैजादै गरेको अवस्थामा वाइसिएलले कोहलपुरको लोकनगरबाट स्कुटरसहित चोरी सग्लन २ जनालाई नियन्त्रणमा लिएको हो । शहिद प्रतिष्ठान भवनको नजिकै पार्किङ गरि राखेको अवस्थामा कार्किको भे. ६ प ३५४७ नम्बरकोे स्कुटर दिउँसो हराएको थियो ।
स्कुटर चोरी भएको सुचना पाएको केही समयमा नै चोरहरुले एक जना स्कुटरमा बसेको र अर्को जनाले धकेलेर लिइरहेको अवस्थामा भेटिएका थिए । सो घटनामा पक्राउ पर्नेमा कालिकोटका–१५ बर्षिय विजय सिंङ र १६ बर्षिय कुर्मराज शाही रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी काफ्लेले जानकारी दिए ।
यसैगरी इलाका प्रहरी कार्यालय कोहलपुरले मोबाइल चोरीमा संग्लन एक जनालाई पक्राउ गरेको जनाएको छ । कार्यालयबाट खटिएको गस्ती टोलले चटारबाट लखेटेर चोरीमा सग्लन १८ वर्षिय हेम चौधरीलाई पक्राउ गरेको हो । उनीहरुले मङगलबार नेपालगन्जबाट मोबाइल चोरी गरेर भागेका थिए । प्रहरीका अनुसार चौधरी केही दिन पहिले मात्र चोरी र लागुऔषध मुद्वामा सजाय भोगेर जेलबाट छुटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाढीजन्य प्रकोपमा उद्दारको लागि समाग्री हस्तान्त्रण

३ कार्तिक २०७३, बुधबार १४:५६
सदरलाइनडटकम ,  ३ कात्तिक, नेपालगन्ज : बाढीजन्य विपत्तिको बेलामा उद्दार गर्नको लागि आवश्यक सामाग्री बाँकेको बैजापुर र शम्शेरगन्जस्थित प्रहरी चौकीलाई हस्तान्त्रण गरिएको छ । जिल्ला दैवि प्रकोप उद्दार समिति बाँकेका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले दैवि विपत्तिको बेलामा उद्दारमा खटिनेका लागि यी सामाग्रीहरुले मनोबल उच्च बनाउने बताए […]

सम्बन्धित