ट्रकको ठक्करबाट दुईको मृत्यु

२ कार्तिक २०७३, मंगलवार १३:५६
 

सदAccidentरलाइनडटकम,
२ कात्तिक, नेपालगन्ज : पूर्वपश्चिम राजमार्गको कोहलपुर–बाँसगढी सडक खण्डमा मंगलबार कोहलपुरमा ट्रकको ठक्करबाट दुईजनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
ईप्रका कोहलपुरका अनुसार मंगलबार बिहान १० बजेर ५० मिनेटमा कोहलपुरबाट बासगढीतर्फ जादै गरको से १ ख १३२४ नम्बरको ट्रकले ठक्कर दिदा कोहलपुर–३ मदनचौकमा बाटो काट्दै गरेकी सोही ठाउँकी ५८ बर्षीया सितादेवी पोखरेलको घटना स्थलमै मृत्यु भएको हो ।
सो घटनामा घाईते २ वर्षिया बालिका प्रशंसा पन्तको भने उपचारको क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यलय कोहलपुरले जनाएको छ । ट्रक र ट्रक चालक ईलाका प्रहरी कार्यलय कोहलपुरको नियन्त्रणमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एक घर, एक वेदको नारासहित काठमाडौंमा अन्तर्राष्ट्रिय आर्य सम्मेलन हुने

२ कार्तिक २०७३, मंगलवार १३:५६
सदरलाइनडटकम,  २ कात्तिक, काठमाण्डौ : नेपाल आर्य समाजले आगामी कार्तिक ४, ५ र ६ गते राजधानिको टँुडिखेलमा एक घर, एक वेदको नारासहित अन्तर्राष्ट्रिय आर्य सम्मेलन गर्ने भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समाजले कार्तिक ४, ५ र ६ गते आयोजना हुने आर्य समाजको अन्तर्राष्ट्रिय सम्मेलन राष्ट्रिपति […]

सम्बन्धित