एक घर, एक वेदको नारासहित काठमाडौंमा अन्तर्राष्ट्रिय आर्य सम्मेलन हुने

२ कार्तिक २०७३, मंगलवार १४:०६
 

सदरलाइनडटकम, unnamed
२ कात्तिक, काठमाण्डौ : नेपाल आर्य समाजले आगामी कार्तिक ४, ५ र ६ गते राजधानिको टँुडिखेलमा एक घर, एक वेदको नारासहित अन्तर्राष्ट्रिय आर्य सम्मेलन गर्ने भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समाजले कार्तिक ४, ५ र ६ गते आयोजना हुने आर्य समाजको अन्तर्राष्ट्रिय सम्मेलन राष्ट्रिपति विद्यादेवि भण्डारीले उद्घाटन गर्ने जानकारी दिएको हो ।
कार्यक्रममा बोल्दै उक्त सम्मेलनका सह–संयोजक आचार्य जनार्दन घिमिरेले उद्घाटनको दिन दुईवटा कार्यक्रम हुने जनाउदै भन, ‘राष्ट्रिपति भण्डारीले कार्यक्रमको सम्बोधन गरिसकेपछि लगत्तै प्रधानान्यायधिस शुशिला कार्कीले महिला सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ ।’
अर्को प्रसंगमा उनले राजधानी बाहिरबाट तीन हजार मानिसहरू आउने र भारतबाट मात्रै २५ सय मानिस आउने जानकारी दिए ।
कार्यक्रममका प्रमुख अथिति एव्म स्वामि सम्पूर्णानन्दले नेपालमा वैदिक सनातन धर्मको मुहान भएको बताउदै भने,‘नेपालका प्रमुख पदहरुमा महिलाको जसरी सहभागिता र उपस्थिति छ, त्यसैगरि वैदिक सनातन हिन्दु राज्यको धार्मिक ग्रन्थको प्रकाशन गर्नुपर्छ ।’
उनले अर्को प्रसंगमा थपे, ‘समाजमा र्सिजना हुने हिँसा जन्य कार्य धर्मको पालना नगर्नुृ हो ।’ त्यसैले विश्वमा वैदिक सनातन धर्म, आर्य समाज, हिन्दु धर्मको बारेमा नेपालीले गहन भएर लाग्नुपर्छ । कार्यक्रममा कमलाकान्त आत्रेय, डा. तारानाथ मैनाली, डा. माधवप्रसाद उपाध्याय लगायतले सम्मेलनका बारेमा आ–आफ्ना कुराहरू राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गोवामा प्रचण्डले नेपालको कुटनीतिमा एक बक्सिङ्घ हाँने : भीम रावल

२ कार्तिक २०७३, मंगलवार १४:०६
प्रचण्ड नेतृत्वको सरकारमा एमाले कुनै हालतमा सहभागी हुँदैन सदरलाइनडटकम,   २ कात्तिक, काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोवामा चीनका राष्ट्रपति सि जिनपिङ् र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा त्रिदेशीय साझेदारी भयो भनेर हल्ला फैलाउनु कुटनीतिक मर्यादा बाहिर रहेको टिप्पणी गरेका छन् । मंगलबार रिपोर्टर्स […]