यो दशैमा बागेश्वरी मन्दिरमा यसरी छेडियो जिब्रो (फोटोकथा सहित)

२४ आश्विन २०७३, सोमबार ११:२२
 

सदरलाइनडटकम     IMG_9495     
२४ असोज, नेपालगन्ज : वाक्य की देवि बागेश्वरीलाई खुसी पार्दै यक्ष र मोक्ष पाउने आशमा नेपालगन्जको बागेश्वरी मन्दीरमा नवमीको दिनमा जिब्रो छेड्ने परम्परा चलि आएको छ ।
नेपालगन्जको बागेश्वरी मन्दिरमा हिन्दू समुदायले यक्ष र मोक्ष पाउने आशामा बडादशैको नवमी र चैतेदशै रामनवमीको अवसरमा जिब्रो छेडेर देवीको दर्शन गर्ने परम्परा वर्षौदेखि चलि आएको बागेश्वरी मन्दीरका मूल पुरोहित चन्द्रनाथ योगीले जानकारी दिए ।

दशै सुरु हुने परेवाको दिनदेखि नै निराहर ब्रत बसेको पुरुषले आफ्नो भाकल पुरा गराउन वा पुरा भएपछि वाक्यकी देवी बागेश्वरीलाई जिब्रो छेडेर चढाउने चलन परापूर्वकालदेखि नै चलि आएको बागेश्वरी मन्दीरका मुल पुरोहित योगीले   जानकारी     दिए ।    उनले भने–‘यसरी जिब्रो छेडेर मागेको वर सामाजिक भलो हुने तथा सकारात्मक कुराहरु मात्र पुरा हुन्छन् तर, अरुलाई हानी हुने खालका भाकल भने पुरा हुनै सक्दैनन । त्यसैले यहाँ जिब्रो छेडेर दर्शन गर्नेहरुको भिड रहन्छ ।’

IMG_9646
उनले नवरात्रको ब्रत बसेका ब्रतालुहरु नवमीको दिन मन्दिरमा आफ्नै जिब्रो तिखो धातुले (त्रिशुल) छेडेने परम्परा रहेको र हरेक वर्ष करिव १ सय ५० बढि धर्मावलम्बीहरुले जिब्रो छेड्ने गरेकोे बताए । जिब्रो छेड्नको लागि बाँके बर्दिया र सीमापारी भारतीय गाउशहरबाट नेपालगन्ज आउने गरेका छन् ।
उनले भने–‘ वडादशैंमा भन्दा पनि चैतेदशै अर्थात रामनवमीका दिन जिब्रो छेड्नेहरुको संख्या बढी हुन्छ ।’ हिन्दू धर्मावलम्बीहरुले नेपालगन्जको बागेश्वरी मन्दिरमा दशै र चैतै दशै दुबैमा बक्यकी देवि बागेश्वरीलाई जिब्रो छेडेर दर्शन गर्दा मोक्ष पाईने दावि छ ।
हातमा त्रिशुल लिएर थरथरी काँपी रहेका बर्दिया भकारीका का ७१ वर्षिय शनिने महावत (मंगता) ले जिब्रो छेडेर बागश्वरी मन्दीरको परिक्रमा गर्दै दर्शन गरे । उनले आफु सानै उमेरदेखि निरन्तर दशैको रामनवमीमा ब्रत बसेर जिब्रो छेड्दै आएको बताए । उनले भने–‘म सानै छँदा बुवा र काकासंग मन्दीरमा आएको थिए उहाँहरुले छेडेको देखेर मलाई पनि छेड्नको लागि शररीमा देविको प्रवेश भयोे त्यतिबेलादेखि अहिलेसम्म निरन्तर जिब्रो छेड्दै आएको छु ।’

IMG_9536
नेपालगन्ज जयसपुरका ३६ वर्षिय हनुमान भनिने गयाप्रसाद काहारले आफ्नो परिवारको सुख र शान्तिका लागि आफुले जिब्रो छेडेको बताए । उनले भने–‘ म आफु अशक्त छु तर, पनि देवीको शक्तिले मलाई यो काम गर्न शक्ति मिलेको छ । मैले मेरो परिवारको खुसिको लागि विगत ८ वर्षदेखि यसरी नै ब्रत बसेर जिब्रो छेड्ने गरेको छु ।’ उनी आफु दृष्टिबीहिन छन् सहयोगी आप्mनै भाई २१ वर्षिय गुरुद्विन काहारको साथमा मन्दीर पुगेका थिए । गुरुद्विनले पनि यो पटक जिब्रो छेडेका छन् उनको यो दोस्रो पटक हो ।

IMG_9591

उनका साथमा रहेका खजुराका ६० वर्षिय बचौवा महावत, नेपालगन्ज–२७ का २९ वर्षिय धनिराम कोरी, हिरमिनयाँ–२ का २७ वर्षिय खेलाउन महावत, हिरमिनिया कै ७० वर्षिय जंगली महावतले आफ्नो भाकल पुरा भएको भन्दै जिब्रो छेडेर मन्दीर परिक्रमा गर्दै बागेश्वरी देविको दर्शन गरेका छन् । उनीहरु सबैले आफ्नो जीवनकालको यो उमेरसम्म आईपुग्दा सयपटक भन्दा बढि जिब्रो छेडेकोको बताए । उनीहरुले एकै स्वरमा भने–‘देविले आर्शिबाद दिएमा एकै दिनमा ४०–५० पटकसम्म छेडेर देविको दर्शन गर्ने गरेका छौ ।’ मन्दीरमा आउने सबैले जिब्रो छेड्छु भन्दैमा छेड्न नसक्ने तर, देवि प्रवेश गरेमा छेड्दिन भनेर पनि नहुने उनीहरुको भनाई छ ।
नवमीमा निराहार ब्रत बसेर नवमिको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षाहुने, यश र मोक्ष पाईने धार्मिक विश्वास रहेका कारणले गर्दा जिब्रो छेड्ने चलन परापूर्वकालदेखि नै चल्दै आएको मान्यता छ ।


IMG_9621
नेपालगन्जमा रहेको वागेश्वरी मन्दिरमा हरेक वर्ष जिब्रो छेडने परम्परा नै बनि सकेको छ । खासगरी अवधी र थारु समूदायका व्यक्तिहरुले वडा दशै र रामनवमिमा नौ दिनसम्म निराहार ब्रत बसेर जिब्रो छेड्दा घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षहुने यशमोक्ष पाईने धार्मिक कथन अनुसार सानैदेखि आफूले जिब्रो छेड्न थालेको हिरमिनियाका ७० वर्षिय जंगली महावतले बताए ।
जिब्रो छेड्नेहरु हरेक वर्ष आफनो घर परिवारको सुःख, शान्ति, स्वस्थ्यको साथै धन आर्जन गर्नको लागि विशेष भाकल गर्ने र सो भाकल पुरा गर्न दशै सुरु हुने दिनदेखि निराहर ब्रत बसेर नवमिको दिन पाँँच पटकसम्म जिब्रो छेड्ने गर्छन् । अचम्म यो छ उनीहरुले जिब्रो छेड्दा रगत देखिदैन ।
उनीहरुले छेड्न एउटै धतुको सियो प्रयोग गर्ने र छेडिसकेपछि पानको पात चबाउने गर्छन यसले ईन्फेक्सन नहुने विश्वास छ धार्मिक परम्परा अनुसार बगेश्वरी मंदिरमा पुजापाठ गर्नेहरुको भिडभाड निकै बढेको छ ।

IMG_9568

IMG_9514

IMG_9584

फोटो : रुद्र सुवेदी/सदरलाइनडटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२४ आश्विन २०७३, सोमबार ११:२२
ताजिया ल्याईयो ! ईस्लाम धर्मावलम्बीहरुको मोहर्रमको पर्वमा घर घरमा स्थापना गर्नको लागि ल्याईएको ताजिया गन्तब्य तर्फ लैजादै । मोहर्रमको नौ तारिकको दिन साँझ घरघरमा ताजिया स्थापना गरि १० तारिकको दिउसो नजिकको करवलामा विशर्षजन गरिन्छ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको नाती ईमामे हुसेनको सम्झनामा यो ताजिया स्थापना गर्ने चलन छ […]