अस्थायी शिक्षक धर्नामा

१० आश्विन २०७३, सोमबार १२:५२
 

नरेन्द्र सिंह/सदरलाइनडटकम  IMG_9743
१० असोज, नेपालगन्ज : अस्थायी शिक्षक आन्दोलन संघर्ष समिति बाँकले सरकारले अस्थायी शिक्षकलाई एकपटकको लागि प्रतिष्पर्धामा सहभागी गराई बाहिरिने शिक्षकलाई उपदान सरह सुविधा दिनुपर्ने माग गर्दै जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएको छ ।
सोमबार जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएका उनीहरुले सामुहिक रुपमा सरकारले शिक्षा ऐनको आठौँ संशोधन अनुसार आफूहरुको व्यवस्थापन गर्न नथालेको भन्दै अस्थायी शिक्षकहरु सरकारको यो प्रक्रियामा सामेल नहुने भएका छन् ।
शिक्षा विभागले यही असोज १० गते अर्थात् आजसम्म ‘अस्थायी शिक्षक विवरण संकलन फाराम’ भर्न आग्रह गरेकोमा उनीहरुले फाराम नभरी बहिष्कार गर्दै धर्नामा बसेको संघर्ष समितिका अध्यक्ष समेत रहेका टेक बहादुर विष्टले जानकारी दिए ।
सरकारले अस्थायी शिक्षकलाई व्यवस्थापन गर्न शिक्षक सेवाबाट खुलाइने आगामी आन्तरिक प्रतिष्पर्धामा भाग लिने वा भाग लिन नचाहने शिक्षकलाई ‘सुविधा लिई अवकाश’ लिने मध्ये एउटा रोज्न आग्रह गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अफगानिस्तान र ईराक जानको लागि लगाईएको प्रतिबन्ध हटाईन्छ, यसबारेमा आगामी क्याविनेटमा निर्णय हुन्छ : मन्त्री गुरुङ्ग

१० आश्विन २०७३, सोमबार १२:५२
“तीन दलको सहमति कार्यान्वयन हुँदैन” सदरलाइनडटकम १० असोज, काठमाडौं : श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङ्गले अफगानिस्ता र ईराक दुवै देशको लागि यसअघि लगाईएको प्रतिबन्ध हटाउन लागेको स्पष्ट पारेका छन् । उनले यसबारेमा सरकारले आगामी क्याविनेटमा निर्णय लिने समेत जनाए । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री गुरुङ्गले […]