बाँकेमा सञ्चालन गरिएको आमा सुरक्षा कार्यक्रमको असर : सुत्केरी आमाको मृत्युमा कमी

१९ पुष २०७४, बुधबार १७:२६
 

सदरलाइन / रुद्र सुवेदी 
१९  पुस,  नेपालगन्ज : बाँकेमा आमा बचाउ कार्यक्रम सुरु भएपछि सुत्केरी आमाको मृत्युमा अत्यन्तै कमी आएको पाईएको छ । गत आर्थिक वर्षको मध्य पुससम्म १२ जना सुत्केरी आमाको मृत्यु भएपछि पुस १८ गतेदेखि बाँकेमा विशेष आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख जनस्वास्थ्य अधिकृत खिमबहादुर खड्काले गत आर्थिक वर्ष २०७३÷२०७४ को पुस १५ गतेसम्म १२ सुत्केरी आमाले ज्यान गुमाएपछि बाँकेमा आमा बचाउ विशेष अभियान सञ्चालन गरेको जानकारी दिए । उनले सो आर्थिक वर्षमा १५ सुत्केरी आमाले ज्यान गुमाउनु परेको बताए ।
उनले भने–‘गते आर्थिक वर्षको पुससम्ममा १२ सुत्केरी आमाले ज्यान गुमाएका थिए भने यो आर्थिक वर्षको पुस १५ सम्म ६ जना सुत्केरी आमाले ज्यान गुमाए । गत वर्षको तुलनामा आमा बचाउ अभियान सञ्चालनपछि ५० प्रतिशत आमाको ज्यान जोगाउन सफल भएका छौ ।’
उनले २०१६ को गरिएको सर्वेक्षण अनुसार नेपालमा प्रतिलाख जीवित जन्ममा २ सय ३९ आमाको मृत्यु हुने तथ्याङ्क रहँदा सोही तथ्याङ्कलाई आधार मान्दा बाँकेमा हाल करिव १५ हजार जीवित जन्म हुँदा ३० भन्दा माथी आमाको मृत्यु हुने अनुमान गरिएको छ । नेपालले सो तथ्याङ्कलाई सहश्राब्दी विकास लक्षमा पुग्नको लागि सन २०३० सम्म प्रतिलाख जीवित जन्ममा ७० मृत्युमा झार्ने प्रतिबद्धता जनाउदा बाँकेमा ११ जनाको मृत्यु हुने अनमान रहेको बताए ।
उनले आमा सुरक्षा कार्यक्रमका लागि मधेशी, मुस्लिम समुदायमा बढी केन्द्रित रहेर जनशक्ति थप गर्नुको साथै गर्भवती चेक जाँचको लागि आउनेहरुलाई विशेष रुपमा ताकेता गरी उनीहरुको चेकजाँच गर्ने गरेकोले पनि आमा मृत्यु दर घटेको दाबी गरे ।
उनले सुत्केरी भएको ३ दिन र ७ दिनमा घरमै स्वास्थ्यकर्मी पठाई सुत्केरी र वच्चाको स्वास्थ्य अवस्था चेक जाँच गर्ने कार्यक्रम नै बनाउदै लागू गर्नुपर्ने बताए । उनले भने–‘बाँकेमा मधेशी मुस्लिम समुदाय लक्षित सचेतना कार्यक्रम संगै सुत्केरीको घरमै पुगेर ३ दिन र ७ दिनमा जाँच गर्ने साथै उनीहरुको पोषणमा ध्यान दिन सके सुत्केरी आमाको मृत्यु शुन्यमा सजिलै झार्न सकिन्छ ।’
उनले किशोरी आमाको पोषणमा ध्यान नदिदा उनीहरु सुत्केरी अवस्थामा जटिलता हुने भएकोले किशोरीलार्इृ आइरन चक्की खुवाउने कार्यक्रम सुरु गरेपछि यसले पनि मातृ मृत्युदर कम हुने ठोकुवा समेत गरे ।

बाँकेमा आमा बचाउ अभियान सुरु भयो


Next Post

मातृ मत्यूदर कम गर्न नयाँ रणनीति ‘मोवाईल हेल्प सेवा सञ्चालनमा’

१९ पुष २०७४, बुधबार १७:२६
सदरलाइनडटकम   १९ पुस, नेपालगन्ज : मातृ तथा बाल मृत्यू दर कम गर्न नयाँ रणनीति अपनाइएको छ । नगर क्षेत्रमा नै आमा र बच्चाको ज्यान जोगाउन कठिन भएपछि नेपालगन्जमा मोबाईल हेल्प सञ्चालनमा ल्याइने भएको हो । मेडिक मोवाइलको आर्थिक सहयोगमा नेपालगन्ज उप–महानगरले मोवाईल हेल्प सेवा सञ्चालनमा ल्याउन लागेको हो । सरकारको […]