पत्रकार पन्नालाल गुप्ताको ८८ औं जन्मदिन मनाईयो

२७ भाद्र २०७३, सोमबार १२:३९
 

सदरलाइनडटकम,IMG_9408
२७ भदौ, नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष तथा प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष एवम प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता चाचाजीको ८८ औं जन्मदिवस नेपालगन्जमा मनाईएको छ ।
२०३७ सालदेखि निरन्तर रुपमा साप्ताहिक किरणको सम्पादकको रुपमा क्रियाशिल रहदै आएका प्रेस स्वतन्त्रता सेनानी गुप्ता ८८ औ वर्षको जन्मदिन मनाउँदासम्म सक्रिय पत्रकारितामा क्रियाशिल रहेका छन् । नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको कार्यक्रममा चाचाजीका घरपरिवार, सञ्चारकर्मी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका अगुवा लगायतको सहभागिता रहेको थियो ।
प्रेस युनियन बाँकेका अध्यक्ष जयनारायण शाहले स्वागत तथा कार्यक्रममाथि प्रकाश पारेको कार्यक्रममा चाचाजीले आफ्नो ८८ औं जन्मदिनको केक काटेका थिए । उनले आफ्नी जीवन संगिनी कमलादेवि गुप्तालाई केक खुवाएका थिए । सो कार्यक्रम पछि चाचाजीलाई जन्मदिनका साथै सुस्वास्थ र दिर्घायुको शुभकामना दिनेहरुको लामो लस्कर रहेको थियो ।


IMG_9415  IMG_9383 IMG_9390 IMG_9391 14264805_1088984371182939_5241514323891695842_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्जमा ईद उल अजाह (बकरईद)को तयारी सकियो

२७ भाद्र २०७३, सोमबार १२:३९
सदरलाइनडटकम २७ भदौ, नेपालगन्ज : ईस्लाम धर्मावालम्बीहरुको दोस्रो ठूलो पर्व ईद–उल–अजाह (बकर ईद) को रौनक सुरु भएको छ । मंगलबारदेखि सुरु हुने सो पर्व तीन दिनसम्म मनाइने चलन रहेको छ । रमदान महिनाभर उपवास बसी ईदगाहमा सामुहिक नामज पढेर ईद मनाएको ठिक ७० दिनपछि बकरईद मनाईने चलन छ । बकरईदमा […]