हजको लागि आवेदन दिएका बाँकेका १९७ मध्ये ९९ जना हज जाँदै (कसको उडान कहिले सूची सहित)

१० भाद्र २०७३, शुक्रबार ०८:५५
 

रुद्र सुवेदी/सदरलाइनडटकमL1007963-Edit (1)
१० भदौ, नेपालगन्ज : बाँकेबाट साउदी अरेवीयाको मक्का मदिनामा हुने यस वर्षको ‘हज’ मा जानको लागि आवेदन दिएका १ सय ९७ जना मध्ये ९९ जनाले मात्र जान पाउने भएका छन् ।
ईस्लाम धर्मावलम्बी मुस्लिम समुदायबाट साउदी अरेवियाको मक्का मदिनामा तिर्थाटनको लागि कम्तीमा एकपटक पुग्नै पर्ने चलन अनुसार यो वर्ष हज गर्न जानको लागि १ सय ६२ जना र गतवर्ष आबेदन दिएर जान नपाएका ३५ जना गरी १ सय ९७ नेपाली मुसलमान मध्ये ९९ जना मात्र जान पाउने भएका हुन ।
‘हज’ हरेक ईस्लाम धर्मावलम्बीहरुको जीवनमा एक पटक गर्नैपर्ने महत्वपूर्ण धार्मिक कार्य हो । साउदी अरेवियाले नेपाली हज कमिटीले माग गरे अनुसारको हजको कोटा नबढाएको कारणले आबेदन दिएका सबैलाई यो वर्षको हजमा पठाउन नसकिएको केन्द्रीय हज कमिटीका सदस्य हाजी मोहम्मद हलिम अन्सारीले जानकारी दिए ।
साउदी अरेवियाको मक्का मदिनामा हुने हजयात्राका लागि चैत्र मसान्तसम्म आवेदन दिने प्रावधान रहेको थियो । गतवर्ष जान नपाएका बाँकेका ३५ जना र यो वर्ष नयाँ आवेदन दिएका १ सय ६२ जनाले आवेदन दिएकोमा गतवर्षका बाँकी सबै र अन्य यसवर्ष आवेदन बुझाएका मध्येबाट फस्टकम फस्ट अनुसारा हज जाने व्यवस्था मिलाईएको हज कमिटीका सदस्य हाजी हलिमले जानकारी दिए ।
उनले भने–‘यो वर्ष पनि गत वर्षकै जस्तै साउदी अरेवीयाले एक हजार नेपाली मुसलमानहरुका लागि कोटा निर्धारण गरेको छ । त्यसैको आधार मानेर आवेदन खुल्ला गरेको देशभरीबाट गतवर्षका बाँकी ३ सय र यो वर्षका १ हजार ३ सय ५० जना विभिन्न जिल्लाका मुसलमनहरुले हजको आवेदन दिएका छन् ।’
उनले बाँकेका ग्रामिण क्षेत्रका मुसलमानहरुलाई हजको लागि आवेदन दिनको सहज बनाउन जिल्ला प्रशाशन कार्यालय तथा आफ्नै घरमा पनि फारमको उपलब्धता गराउनुको साथै फारम भर्नको लागि सहजिकरण गर्दै आवेदनको प्रक्रिया शुरु गरि सहज व्यवस्था मिलाईएको भएपनि हजको कोटा नबढेको कारण आवेदन दिएका सबैलाई हजमा सामेल गराउन नसकिएको भन्दै दुःख व्यक्त गरे । नेपालमा नै हजयात्रीको सहजता तथा बैदेशिक रोजगारीको लागि भिसा कन्सुलरदेखिको सुविधाको साउदीको दूतावस नेपालमै खोलिएको भएपनि नेपाली हजयात्रीको लागि सो दूतावासले खासै पहल नगरेको दुख व्यक्त गरे ।
हज कमिटीले सबै जिल्लाका हाजमा जाने हाजीको नामावली र उडान तालिका समेत संबन्धित जिल्लामा पठाई सकेको छ । हज कमिटीका सदस्य हाजि हलिमले दिएको जानकारी अनुसार ९ जना प्रतिनिधिसहित हज जाने १ हजार यात्रीको नामावली र कुन जिल्लाको उडान कहिले हुने भनेर जानकारी पठाईएको बताए ।
उनले दिएको जानकारी अनुसार भदौ १३ गतेदेखि पहिलो उडान हुने छ । सो उडानबाट काठमाण्डौ ३९, अर्घाखाँची १२, कास्की १५, गोर्खा १२, तनहुँ १५, कैलाली २, नुवाकोट ४, पाल्पा १४, स्याङ्गजा १, धादिङ्ग १ र २ जना हज कमिटीका प्रतिनिधि रहने छन् । यसैगरी १३ गतेकै दोस्रो उडनमा सिराह ३६, चितवन ६, महोत्तरी १९, सर्लाही १७, मोरङ्ग ३०, झापा ८, बर्दिया ३, उदयपुर १ र १ जना हज कमिटीका प्रतिनिधि रहने छन् ।
भदौ १४ गते पहिलो उडानबाट १ सय जना र १ जना हज कमिटीका प्रतिनिधि, १४ गतेकै दोस्रो उडानबाट रुपन्देही ३६, सप्तरी ६९, बारा १३ र १ जना हज कमिटीका प्रतिनिधि रहने छन ।उनले दिएको जानकारी अनुसार भदौ १५ गते ३ उडान गरिने छ । पहिलो उडानबाट बाँकेका ९७, पर्साका २१ र १ जना हज कमिटीका प्रतिनिधि रहने छन् । दोस्रो उडानबाट कपिलवस्तुका १ सय २० र १ जना हज कमिटीका प्रतिनिधि रहने छन् । तेस्रो उडानबाट कपिलबस्तुका ५१, रौतहटका ६८, १ जना हज कमिटीका प्रतिनिधि रहने छन् ।
भदौ १८ गते हुने उडानबाट धनुसाका १९, सुनसरीका २१ जना र थप हुनसक्ने केही यो उडानमा समावेश गरिने गरी तयारी अघि बढाईएको हज कमिटीका केन्द्रीय सदस्य हाजि हलिमले बताए । उनले हज गर्नको लागि हाजिबाट कमिटीले लिएको १ लाख ७५ हजार मध्य दोहोरो हवाई यातायताको खर्च ९५ हजार ४ सय ५०, अन्य यातायात २६ हजार ९ सय ७८ रुपैया पैसा ४७, मक्काको घरभाडा, २९ हजार ३ सय ८६ रुपैया पैसा ७७, मदिनाको घरभाडा ८ हजार ६ सय १, मिना, अरफाड, मजल्फाको खाना बास खर्च १४ हजार ३ सय ३५ रुपैया खर्च लाग्ने र प्रत्यक हाजिलाई १० हजार २ सय ४८ रुपैया ७८ पैसा फिर्ता गरीने जानकारी दिए ।
यता साउदी सरकारले पहिला नेपालबाट हज गर्न जानको लागि २ हजारको कोटा छुट्टाएको र त्यतिबेला प्रयाप्त हाजीहरु हज गर्न नगएको कारणले पनि साउदी सरकारले हजको कोटा एक हजारमा झारेको हुनसक्ने नेपाल हज कमिटीका पूर्व अध्यक्ष मौलाना जब्बार मञ्जरी बताउछन् ।
उनले भने–‘२०६१ सालमा म त्यतिबेला हज कमिटीको सदस्य थिए त्यो समयमा २ हजार कोटा दिएको थियो मात्र २ सय ५० हाजिहरु हजको लागि गएका थिए ।’ उनी आफु २०६७ र ०६८ मा हज कमिटीको अध्यक्ष हुँदा पनि साउदी सरकारले नेपाली हाजिको लागि १ हजार कोटा तोकेकोमा जम्म ८ सय मात्र हजको लागि गएको जानकारी दिए ।
उनले भने–‘पहिला पहिला साउदी सरकारले तोकेको कोटा पु¥याउनै कठिन हुन्थ्यो । तर, अहिले त्यस्तो छैन । सबैका छोराहरु कमाउन विदेशमा छन् पैसा पनि छ, मानिसहरुमा चाहाना पनि छ त्यसैले कोटा भन्दा बढीको आवेदन आउने गरेको हो ।’ उनले राज्यले पनि साउदी सरकारसंग कुटनीतिक पहल गर्दै नेपाली हजयात्रीहरुको संख्या बढाउनु पर्ने माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्यालय सुरक्षा कार्यक्रमले ल्यायो बाँकेका १० वटा विद्यालयमा परिवर्तन

१० भाद्र २०७३, शुक्रबार ०८:५५
सदरलाइनडटकम १० भदौ, नेपालगन्ज : बाँकेका १० वटा विद्यालयमा संचालन गरिएको विद्यालय सुरक्षा कार्यक्रमका कारण ती विद्यालयहरुमा सुरक्षासम्बन्धी बिषयमा परिवर्तन आएको पाईएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले संचालन गरेको सो कार्यक्रमबाट बाढी, भुकम्प, हावाहुरी, शितलहर र अत्याधिक गर्मी लगायतका जोखिम र विपद्मा विद्यालय तथा बालबालिकालाई […]

सम्बन्धित