विद्यालय सुरक्षा कार्यक्रमले ल्यायो बाँकेका १० वटा विद्यालयमा परिवर्तन

१० भाद्र २०७३, शुक्रबार १३:१७
 

pic
सदरलाइनडटकम
१० भदौ, नेपालगन्ज : बाँकेका १० वटा विद्यालयमा संचालन गरिएको विद्यालय सुरक्षा कार्यक्रमका कारण ती विद्यालयहरुमा सुरक्षासम्बन्धी बिषयमा परिवर्तन आएको पाईएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले संचालन गरेको सो कार्यक्रमबाट बाढी, भुकम्प, हावाहुरी, शितलहर र अत्याधिक गर्मी लगायतका जोखिम र विपद्मा विद्यालय तथा बालबालिकालाई जोगाउनका लागि ठोस उपायहरु अवलम्बन गर्न र सचेतना प्रदान गर्ने उदेशयले कार्यक्रम सञ्चालनमा ल्याईएको हो ।
बाँके युनेस्को क्वलका बरिष्ठ उपाध्यक्ष सिराज खानका अनुसार क्लवले जिल्लाका कचनापुर, बिनौना, बेतहनी र उढरापुर गाविसका १० वटा विद्यालयका करिब ४ हजार बालबालिकालाई बिभिन्न प्रकारका विपद र जोखिमबाट बच्ने तरिका सिक्नुको साथै सचेतना फैलाउने कार्य भएको छ । unnamed
बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले विद्यालयमा अध्ययनरत बालबालिकाहरुले आ–आफ्नो विद्यालयमा सुरक्षित र असुरक्षित स्थानको पहिचान गरेर प्रकोप पात्रो निर्माण गर्नुका साथै विपद र जोखिम न्यूूनिकरण गर्ने वार्षिक कार्ययोजना समेत तयार गरि सकेको जानकारी दिए ।
उ  नले सोही कार्यक्रम कै कारण १० वटै विद्यालयको जोखिम नक्सांकन गरिएको जनाउँदै ४ विद्यालयमा अति जिर्ण अवस्थामा रहेका जिर्ण कोठाहरुमा भैरहेको पठनपाठन बन्द गराएर जिर्ण भवन हटाईएको बताए ।
विद्यालय र बालबालिकाको सुरक्षालाई प्रमुख उदेश्य बनाएर संचालन गरिएको सो कार्यक्रम अन्तर्गत विद्यालय सुधार योजनामा विपद र जोखिम न्यूनिकरण योजना तयार गरेर समावेश गरिएको तथा प्रधानअध्यापक, विद्यालय ब्यबस्थापन समिति, शिक्षक र बालबालिकालाई प्राथमिक उपचार तालिम र सुरक्षा सम्बन्धी तालिमहरु प्रदान गरिएको कार्यक्रमका संयोजक दिपेन्द्र चौधरीले जानकारी दिए ।
उनले विद्यालयको जोखिम बिश्लेषण गरिएको, गैरसंरचनामा देखिएका जोखिमलाई न्यूनिकरण गरिएको र विद्यार्थिलाई भुकम्प, बाढी लगायतका विपदबाट जोगिने तरिकाहरु सिकाईएको बताए । विद्यालय सुरक्षा कार्यक्रम संचालन गरिए पछि विद्यालय र बालबालिकामा ठूलो परिवर्तन आएको जनाउँदै दुर्गा भवानी मावि कचनापुरका प्रधानाध्यापक देव बहादुर थापाले विद्यार्थीहरुले घरधुरी जोखिम न्यूनिकरण योजना निर्माण गरेको तथा समुदायमा आधारित बिपद ब्यबस्थापन समितिलाई पनि विद्यालयसम्म पु¥याईएको जानकारी दिए ।
उनले कार्यालयमा छिर्ने बित्तिकै विद्यालय सुरक्षा सम्बन्धी सबै जानकारी स्वतः देख्न पाइने भएको जनाउँदै जिर्ण कोठाहरु हटाइनु, विद्यालय सुधार योजनामा विपद सम्बन्धी योजना समावेश गरिनु र प्रकोप पात्रो निर्माण गरिनु ठूला उपलब्धी भएको बताए । दुर्गा भवानी मावि कचनापुरको ब्यबस्थापन समितिका अध्यक्ष डिल्ली गिरीले यस्ता कार्यक्रम जिल्लाका सबै विद्यालयमा संचालन गर्नु पर्ने माग गरे । बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापाले सो कार्यक्रमले बिद्यायमा सुरक्षाका बिषयमा ठूलो परिवर्तन ल्याएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आपत्कालीन आवास निर्माण तालिम

१० भाद्र २०७३, शुक्रबार १३:१७
सदरलाइनडटकम १० भदौ, नेपालगन्ज : नेपाल रेडक्रस सोसाइटी आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमको आयोजनामा आपत्कालीन आवास व्यवस्थापन तालिम नेपालगन्जमा सम्पन्न भएको छ । नेपाल रेडक्रश सोसाईटी का केन्द्रीय उपाध्यक्ष अजीतकुमार शर्माले यो कार्यक्रम नमुना कार्यक्रमका रुपमा मध्यपश्चिमाञ्चलको १५ जिल्लामा संचालन भई रहेको बताउदै कार्यक्रमबाट स्वयंसेवकको क्षमता विकास भई भविष्यमा हुनसक्ने […]