रुकुममा स्थानीय युवा र प्रहरीबीच झडप, सात प्रहरी घाइते

सदरलाइन संवाददाता ३० आश्विन २०७८, शनिबार १३:०८
 

नेपालगञ्ज : रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा स्थानीय युवा र प्रहरीबीच झडप हुँदा सात जना प्रहरी घाइते भएका छन् ।

रुकुम पश्चिम बागबजारमा भएको झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहोरासहित सात जना प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

घाइते भएका सहायक प्रहरी निरीक्षक बोहोरालाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ । बाँकी ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।


मुसिकोट नगरपालिका वडा नम्बर १ बागबजार नजिकै पार्किङ गरी राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुंगा र बियरको बोतल प्रहार गरेर सिसा फुटाएको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरी र युवाहरुबीच झडप भएको हो ।

घटनामा संलग्न ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । चार जना फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हडियाबाबा आश्रममा कल्पबृक्ष रोपण

३० आश्विन २०७८, शनिबार १३:०८
नेपालगञ्ज : धार्मिक महत्वले अतिनै महत्वपूर्ण मानिने कल्पबृक्ष नेपालगञ्जस्थित हडियाबाबा आश्रममा रोपण गरिएको छ । हरित अभियन्ता हेमन्तराज काफ्लेले उक्त कल्पबृक्ष हडियाबाबा आश्रमलाई उपलब्ध गराएका हुन् । सल्यानको छायाक्षेत्र शक्तिपीठका महन्त उमेश गिरि महाराजको अनुरोधमा काफ्लेले कल्पबृक्षको विरुवा उपहार दिएको बताए । वैदिक धर्मानुसार हिन्दु धर्मावलम्बीहरुको वेद र पुराणमा कल्पबृक्ष […]