भारोत्तोलनका ओलम्पियन हमालको बायोग्राफी आउने

५ भाद्र २०७३, आईतवार १३:०५
 

s3 सदरलाइनडटकम
५ भदौ, नेपालगन्ज : भारत्तोलनका ओलम्पियन खेलाडि सुरेन्द्र हमालको खेल जीवनसंग संबन्धित बायोग्राफी प्रकाशन हुने भएको छ । ‘खेल, राजनीति र सामाजिक सेवाको क्षेत्रमा गरेका क्रियाकलापलाई समेटेर आफ्नो भोगाई लेख्ने कोशिस गरेको छु’–नेपालगन्ज–२ घरबारीटोलका ओलम्पियन हमालले भने ।
सो बारे जानकारी दिन हमाल निबास मै केही सञ्चारकर्मीसंग कुरा गर्दै भने–‘ पढ्ने बेलामा खेललाई प्राथामिकता दिईयो फेरी पहलमान मान्छे लेखाईमा मिठास होलाकी नहोला भन्ने आफुलाई दकस लागेको छ ।’ उनले सो बायोग्राफी भदौको अन्तिम साता सार्वजनिक गर्नेगरी तयारी गरिएको बताए । उनले भने–‘यसमा मेरो खेल जीवनको सुरुवातका दनिदेखि अन्त्यसम्मका कुराहरु उल्लेख गरेको छु ।’
भारत्तोलन खेलका माध्यामबाट उनले प्रथम राष्ट्रिय खेलकुद प्रतियोगितामा गोल्ड मेडल, प्रथम सागमा रजत मेडल र १९८४ मा लसएञ्जल्स ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेका थिए भने एशियाली च्याम्पियनशिपमा काश्य पदक नेपालको पोल्टामा पारेका थिए ।
उनले आफ्नो खेल जीवनका विभिन्न आरोह अवरोह पार गर्दै गर्दा कतै पनि हार व्यहर्न नजानेका हमालले ठूलो आन्द्राको क्यान्सर जस्तो रोगलाई पनि सजिलै जितेका छन् । उनले त्यो क्षण सम्झदै भने–‘ भर्खरै खेल जीवनबाट राजनीतिक जीवनको सुरुवात मात्र गर्न थालेको थिए त्यो बेलामा विरामी परे पछि थाहा भयो ठूलो आन्द्राको क्यान्सर भएको रहेछ । सबैको शुभेच्छाले मैले क्यान्सर माथि पनि विजय हासिल गर्न सके ।’
हमाल प्रजातान्त्रिक आन्दोलनको लागि चर्चित परिवारबाट प्रतिनिधित्व गर्ने व्यक्ति भएको कारणले पनि उनी तत्कालिन पञ्चायती शासकबाट बेला बेलामा प्रताडित हुनु परेको कुराहरु आफ्नो स्मरणले भ्याएसम्म समेट्ने कोशिस गरेको जानकारी दिए ।
उनले नेपालगन्जको घरबारीटोलमा आफ्नो समयको स्मरण गर्दै जाँदा प्रत्यक घरमा रष्ट्रिय पदकधारी खेलाडि भएको र आफ्नै छरछिमेकमा आफुसहित अन्य तीनजना ओलम्पियन खेलाडी रहेको जानकारी दिदै भने–‘ त्यतिबेला प्राय सबै घरमा राष्ट्रिय कृतिमान धारी खेलाडि थिए सबैले आ–आफ्नो क्षेत्रबाट राष्ट्र र आफ्नो जिल्लालाई चिनाउने कोशिस गरेका छन् ।’
उनले खेल जीवनs2मा लागेका खेलाडिहरुलाई राज्यले राजनीतिक पूर्वाग्रह राखेर खेल जीवन नै समाप्त गर्ने गरी ‘रेष्टिगेट’ गर्न नहुने बताउदै आफ्नो स्मरण सुनाए ‘तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलकुदको नियम विपरित भयो भन्दै विरोध गरेपछि मलाई रेस्टिगेट गरियोे । त्यो घटनापछि मेरो खेलजीवनलाई नै राज्यको कारण प्रभावित बनाईयो ।’
उनले पञ्चायत विरोधी राजनीतिमा लागेकोले पनि आफुलाई धेरै नै राज्यका तर्फबाट पेलाह व्यावहार गरेको, नपाल विद्यार्थी संघ हुँदै नेपाली काँग्रेसको राजनीतिमा होमिदै नेपालगन्ज नगरपालिकाको पहिलो उपमेयर भएको संमरणका साथै खेल राजनीति र समाज सेवाको क्षेत्रमा आफुले भोगेका भोगाई उतार्ने कोशिस गरेको बताए । हमाल हाल राष्ट्रिय खेलकुद परिषदका कोषध्यक्ष रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मध्यपश्चिम विश्वविद्यालय सुर्खेतद्वारा नेपालगन्ज र गुलरियामा अन्तरक्रिया

५ भाद्र २०७३, आईतवार १३:०५
सदरलाइनडटकम,   ७ भदौ नेपालगन्ज : मध्यपश्चिम विश्व विद्यालय सुर्खेतको व्यवस्थापन विभागले नेपालगन्ज र गुलरियामा आफ्नो गतिविधिका बारेमा विद्यालर्थी तथा सरोकारवाला संग छलफल तथा अन्तरक्रिया गरेको छ ।नेपालगन्जको सिटि कलेज अफ म्यानेजमेन्टमा आयोजित अन्तरक्रियामा मध्यपश्चिम विश्वविद्यालयका व्यवस्थापन विभागका डिन डा. मस्तबहादुर गरञ्जाले आफ्नो विश्व विद्यालयले अत्यन्तै न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिन […]

सम्बन्धित