चित्तलको मासुसहित बर्दियामा ३ जना पक्राउ

सदरलाइन संवाददाता १७ बैशाख २०७९, शनिबार १८:०९
 

नेपालगञ्ज : बर्दियामा चित्तलको मासुसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका ३ का प्रेमबहादुर विष्ट, सोही ठाउँका भद्दु थारु र शिवप्रसाद थारु रहेका छन् ।

जंगलबाट चोरी शिकारी गरी उनीहरुले चित्तलको मासु बाँसगढी ३ गौरीचोकमा भागबण्डा लगाउन लागेका थिए । सोहि समयमा शनिवार विहान पौन ६ बजे ईलाका प्रहरी कार्यालय मोतिपुरबाट गएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको हो ।


उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा लोसपाका ४९ जनाको सामूहिक राजीनामा

१७ बैशाख २०७९, शनिबार १८:०९
नेपालगञ्ज : पार्टीमा केन्द्रको हस्ताक्षेप हावी भएको भन्दै बाँकेमा लोकतान्त्रिक समाजवादी पार्टी ४९ जना नेताहरुले सामूहिक राजीनामा दिएका छन् । पार्टीभित्र बिभिन्न तहमा जिम्मेवारी बाँडफाँड गर्दा भेदभावपूर्ण व्यवहार निरन्तर भइरहेको र जिल्लामा भएको समस्या समाधानका लागि पटक पटक जानकारी गराउँदा पनि समाधानमा कुनै सक्रियता नदेखाएको भन्दै लोसपा बाँकेका ४९ जना […]