सदरलाइनडटकम
१ भदौ, नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघको भदौ ११ गते हुने निर्बाचनका लागी तीन प्यानल लगायत स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन सचिवालयमा निर्वाचनमा मनोनयन दर्ता गराउन आफ्नो शक्ति प्रदर्शनको लागि जुलुससहित कपिल अधिकारी नेतृत्वको समाबेशी तथा साझा प्यानल, गोपाल अधिकारी नेतृत्वको प्रजातान्त्रिक प्यानल, र नन्दलाल बैश्य नेतृत्वको समाबेशी प्यानलले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
समावेशी प्यानलले जुलुस सहित सबैभन्दा पहिले उम्मेदवारी दर्ता गराएको छ । अध्यक्ष पदका उम्मेदवार नन्दलाल बैश्यले नेतृत्व गरेको समावेशी प्यानलको ¥याली न्युरोड, त्रिवेणी चोक, त्रिभुवन चोक हुँदै उद्योग वाणिज्य संघको कार्यालयमा पुगेर मनोनयन गर्दा गराएको थियो ।
मनोनयन दर्तापछि निकै विश्वासका साथ बाहिरीएका समावेशी प्यानलका सम्पुर्ण उम्मेदवारहरुले समग्र ब्यवसायीहरुको पक्षमा न्यायपुर्ण काम गर्ने जिम्मेवारी बढेको प्रतिक्रिया दिएका थिए । उनीहरुले हार जित जे भए पनि आफुहरु सधै ब्यापारी, ब्यवसायीहरुको पक्षमा अडिग भएर उभिने प्रतिवद्धता समेत जनाएका छन ।
मनोनयन दर्ता पनि उद्योग वाणिज्य संघ अगाडी भएको कोणसभामा बोल्दै अध्यक्ष पदका उम्मेदवार बैश्यले आफु लगाएत आप्mनो टिमलाई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेका थिए । बिगतदेखि नै ब्यापारीहरुको हक, हितका लागि लडिरहेको उल्लेख गर्दै बैश्यले आगामी दिनमा समेत सबैलाई समान रुपमा मिलाएर लैजान आफु प्रतिबद्ध भएको बताए ।
पहिलो स्थानमा मनोनयन गर्दा गराएको समावेशी प्यानलले अध्यक्षमा नन्दलाल बैश्यलाई उठाएको छ भने उद्योगतर्फ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना) र बाणिज्य तर्फ उपाध्यक्ष दुर्गाप्रसाद भण्डारीले दर्ता गराएका छन् । प्यानलबाट सदस्यहरुमा तारा खत्री रोकाय, आदेशकुमार अग्रवाल, श्याम सुन्दर अधिकारी, अहमद वाहिद अन्सारी (बब्लु), बिजय भण्डारी (बासु), अजय टण्डन, निरज गौतम, चिरन्जीवी ओली, हरीलाल न्यौपाने, अभयकुमार बस्नेत, टंकबहादुर धामी र राजेशकुमार बैश्यले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी एक बजेपछि कपिलप्रसाद अधिकारी नेतृत्वको समाबेशी तथा साझा प्यानलले न्यूरोडस्थित सचिवालयबाट जुलुससहित संघको कार्यालयमा उम्मेदवारी दर्ता गराएको छ । सो प्यानलबाट अध्यक्षमा अधिकारी, उपाध्यक्ष बाणिज्यतर्फ तनविर जमाल हलवाई र उपाध्यक्ष उद्योगतर्फ श्रीमती रचना श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
सदस्यहरुमा उषा भण्डारी, चोलराज श्रेष्ठ, जहागीर मुसलमान, दशरथ चन्द, धर्मराज अर्याल, बिनोदकुमार राठी, बिबेककुमार श्रेष्ठ, भीमबहादुर रानाभाट, मन्दीरा पाण्डे, मालती शर्मा, राशिद कमाल र सत्यनारायाण बैश्यले उम्मेदवारी दर्ता गराए ।
महिला, अग्रज ब्यवसायी, सानो लगानीका ब्यवसायीदेखि करोडौ लगानी गरेर ब्यापार गर्दै आएका ब्यवसायी र बुर्का लगाएर आएका मुस्लिम महिलाहरु समेतको सहभागिताले आफुहरुलाई उत्साहित बनाएको अध्यक्ष पदका उम्मेदवार अधिकारीले बतए । उनले भने,–‘¥यालीमा देखिएको सहभागिताले म सबैको प्रतिनिधित्व गर्दैछु भन्ने पुष्टि गर्छ ।’
गोपालप्रसाद अधिकारी नेतृत्वको सो टिमले सवा तीन बजे उद्योग बाणिज्य संघमा पुगेर आप्mनो उम्मेदवारी दर्ता गराएको छ । संघका तर्फबाट अध्यक्षमा अधिकारी सहित उद्योग उपाध्यक्षमा प्रदिपकुमार गुप्ता र बाणिज्य उपाध्यक्षमा अमित बस्नेतले उम्मेदवारी दर्ता गराए ।
यसैगरी सदस्यहरुमा हरिस चन्द्र श्रेष्ठ, धु्रबप्रसाद दाहाल, सालिकराम सुवेदी, शंकरकुमार थापा, टेकबहादुर खड्का, सरोवर प्रसाई, तपेन्द्र विक्रम शाह, रोहित टन्डन, फरीदुल हक, सफिक वेहना, सुनिल सिंघल र सुरेन्द्र बैश्यले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
अधिकारी नेतृत्वको टिमले न्यूरोडबाट ¥याली निकालेर उम्मेदवारी दर्ताका लागि संघ गएको थियो । त्यतीबेला ठूलो सङ्ख्याका उद्योगी व्यवसायीले अधिकारी नेतृत्वको पक्षमा शुभेच्छा प्रकट गरेका थिए ।
कंडेलको पनि उम्मेदवारी दर्ता
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्रबाट सदस्य पदका उम्मेदवार तेजनारायण कंडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
बुधबार नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । नेपालगन्जको धम्वोझीबाट बाजा गाजा सहितको र्याली निकालेर स्वतन्त्रबाट सदस्य पदका उम्मेदवार कंडेलले उम्मेदवारी दर्ता गराएका हुन् । बिहीबारबाट सम्पुर्ण व्यापारीहरुकहा घरदैलो अभियान थाल्ने उम्मेदवार कंडेलले जानकारी दिए ।