लागूऔषध नियन्त्रणको लागि सीमा क्षेत्रमा नेपाल प्रहरीको ‘डग स्क्वाड’

१७ श्रावण २०७३, सोमबार १३:१३
 

s2 copy

सदरलाइनडटकम
१७ साउन, नेपालगन्ज : बाँकेमा लागू औषधको वसारपसार जस्ता अपराधमा बृद्धि हुन थालेपछि प्रहरीले सीमा क्षेत्रमा लागू औषधको ओसारपसारविरुद्ध विषेश तालिम प्राप्त कुकुर ‘डग स्क्वाड’ परिचालन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक टेकप्रसाद राईले सीमा क्षेत्रबाट अत्याधिक मात्रामा अबैध लागू औषध भित्रिन थालेपछि त्यसलाई नियन्त्रण गर्नको लागि लागू औषधमा विषेश तालिम प्राप्त कुकुर ‘जमुना’ सेतो र ‘हिरा’ हल्का कालो रातोलाई सोमबार बिहानदेखि परिचालन गरेको जानकारी दिए ।
उनले भने–‘ब्राउन सुगर, कोरेक्स, नाईट्रोजोपाम जस्ता प्रतिबन्धित लागुऔषध सीमापारी भारतीय बजारमा निर्वाध रुपले कारोबार हुने तथा सीमा क्षेत्रबाट ओसारपसारको अवस्थालाई नियन्त्रण गर्नको लागि ‘डग स्क्वाड’ परिचालन गरेका छौ ।’ सोमबारदेखि ‘डग स्क्वाड’ले नेपाल–भारत सीमा क्षेत्रको जमुनाह नाकाबाट सेवा सुरु गरेको छ ।
प्रहरी नायव निरीक्षक बासुदेव सुवेदीको कमाण्डमा रहेको ‘डग स्क्वाड’ले लागू औषधको वसारपसार हुने स्थानमा निगरानी गर्ने तथा चेकजाँच गर्ने प्रहरी उपरीक्षs3 copyक राईले जानकारी दिए । प्रहरी नायव निरीक्षक सुवेदीको कमाण्डमा २ वटा तालिम प्राप्त कुकुर पहिलो चरणमा प्रयोगमा ल्याईको छ ।
प्रहरी उपरिक्षक राईले जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा सोमबार बिहान ८ बजेसम्म रहेका ४६ जना थुनुवा मध्ये ३७ जना लागू औषधको मुद्दाका रहेको जानकारी दिदै भने–‘अहिले हिरासत कक्षमा हेर्नुभयो भने अधिकांश थुनुवा लागू औषधका कारोबारमा समातिएका छन् ।’ उनले अवस्था भयावह भएकोले नियन्त्रणमा लिनको लागि ‘डग स्क्वाड’को अवधारणा ल्याईएको स्पष्ट पारे । उनले सचेतनाको पाटोबाट प्रहरीले नागरिकसंग मिलेर धेरै कार्य गरिसकेको बताउदै समयको माग अनुसारको प्रविधिको प्रयोग गर्न थालेको दावी गरे ।
जिल्ला प्रहरी कार्यालय बाँकेले आर्थिक वर्ष २०७२÷०७३ मा लागु औषधमा ७८ वटा मुद्दा दर्ता गरेको र सो मुद्दामा १ सय ८ जना पक्राउ गरेको जनाएको छ । सो अवधीमा ५ सय ७८ दशमलभ ६१ ग्राम ब्राउन सुगर, ३० दशमलभ २ किलो चरेश, अफिम ५ किलो, कोरेक्स ३ लिटर र नाईट्रोजोपम ९ सय ३४ टेबलेट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा शाखाका ईर्चाज प्ररही निरिक्षक विरबहादुर थापाका अनुसार चालु महिनामा लागु औषधका मुद्दा २३ र ती मुद्दामा ३९ जनालाई पक्राउ गरिएको छ । सोमबार विहान ईलाका प्रहरी कार्यलय जमुनाहको सक्रियातामा नाका मै भारतबाट आउने तथा तथा भारत जाने यात्रुको ‘डग स्क्वाड’ले चेक जाँच सुरु गरेको ईलाका प्रहरी कार्यालय जमुनाहका ईन्चार्ज प्रमोद क्षेत्रीले जानकारी दिए ।


 d6 copy IMG_8243 copy IMG_8264 copy IMG_8272 copy s1 copy

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्यूठानका बाढिपहिरो पीडितको गुनासो एक साता वित्यो, राहत पुग्न सकेन

१७ श्रावण २०७३, सोमबार १३:१३
विजयसिंह भारती/सदरलाइनडटकम १७ साउन, प्यूठान :सडक सञ्जाल पूर्णरुपमा ठप्प हुँदा यहाँका बाढी पहिरो पीडितहरुसम्म राहत पुग्न सकेको छैन् । बाढी र पहिरोका कारण एक सातादेखि विस्थापितहरु विद्यालय, सामुदायिक भवन तथा छिमेककोमा आश्रय लिइरहेका छन् । जिल्लाभर गरी १ सय ८६ घर पूर्ण रुपमा क्षति भएको छ । ८ सय २५ […]