हराउनेको तुलनामा भेटिनेको संख्या अत्यन्तै न्यून : माईती नेपाल

४ श्रावण २०७३, मंगलवार १२:३४
 

Miti Nepal

सदरलाइनडटकम,


४ साउन, नेपालगन्ज : मानव बेचखिनका बिरुद्ध क्रियाशिल माईती नेपाल नेपालगन्जमा आर्थिक वर्ष २०७२/०७३ मा खोजतलासका लागि ५ सय ८४ उजुरी परेको छ । यी मध्ये ७७ जनालाई मात्र फेला पार्न सकिएको वा उद्दार गरिएको पाइएको छ ।
खोजतलास तथा उद्दारको लागि बलियो सरकारी संयन्त्र नहुँदा हराएका वा वेपत्ता भएकाको खोजि तथा उद्दारको लागि आउने उजुरी अनुसार खोजतलास र उद्दार गर्न नसकिदा हराउनेको तुलनामा भेटिनेको संख्या अत्यन्तै न्यून रहेको पाईएको हो ।
माईती नेपाल नेपालगन्जका क्षेत्रीय संयोजक केशव कोईरालाले एक आर्थिक वर्षको प्रतिवेदन सार्वजनिक गर्दै यसरी हराउनेहरु घरपरिवारको सम्पर्कमा आए पनि परिवारले जानकारी नदिने भएकोले पछिल्लो दिनहरुमा माईती नेपालले निरन्तर ती उजुरीको  फलोअफ गर्न थालेको बताए ।
उनले अधिकांश १८ वर्ष मुनिका बालिका बेपत्ता तथा हराएको भन्दै आफु कहाँ उजुरी आउने गरेको जानकारी दिदै भने–‘मध्यपश्चिमका विभिन्न जिल्लाहरुबाट १८ वर्ष मुनीका बालिका हराएको भन्दै दिनहुँ जसो उजुरी आउने गरेको छ ।’ उनले यसरी हराउने तथा वेपत्ता हुनेहरुलाई खोजतलासको लागि राज्यको संयन्त्र र ठोस नीति नभएकोले पनि खोजतलास तथा उद्दारमा कठिन भएको बताए ।
उनले भने–‘माईती नेपालले भारतमा माईती ईण्डिया खोलेर आफ्नो संयन्त्र बनाएको भए पनि भारतमा अझै उद्दारको लागि कठिन अवस्था छ । खाडिमा त झनै उद्दारको संभावना नै छैन ।’ उनले सरकारले खाडि मुलुकमा जोखिम युक्त काममा रहेका वा शाररिक शोषणमा परेकालाई सहजै उद्दार गर्नसक्ने द्विपक्षिय सम्बन्ध विकास गर्न आवश्यक रहेको बताए ।  उनले अघिल्लो वर्षको तुलनामा यो आर्थिक वर्षमा केही बढी भेटिएको भए पनि यस्ता जोखिममा परेकालाई तत्काल उद्दारको लागि राज्यको संयन्त्र बनाउन जरुरी रहेको औल्याए ।
माईती नेपालका अनुसार आर्थिक वर्ष २०६७/०६८ मा खोजतलसका लागि २९५ को निवेदन परेकामा २५ भेटिए, २०६८/०६९ मा ३३२ जनामा ३१ भेटिए, २०६९/०७० मा ४८७ हराएको खोजतलासको निवेदनमा ४२ भेटिएको, २०७०/०७१मा ३२८ जनामा  ३३ मात्र भेटिएको र २०७१/०७२ खोजतलासको लागि निवेदन आएको ३७३ मा ४० जना मात्र भटिएको तथ्याङ्क छ ।
उनले हराएको भन्दै खोजतलासको लागि आउने अधिकांश बाँके, बर्दिया, सुर्खेत र दाङ्गको भएकोले माईती नेपालले चाँडैनै ती जिल्लाहरुमा पनि आफ्नो सञ्जाल विस्तारको योजना तयार बनाएर अघि बढ्ने जानकारी दिए ।  यो संगै मानव बेचबिखनबिरुद्ध समुदायस्तरबाटै रोकथाम गर्ने उद्देश्यका साथ विद्यार्थी , युवा र अभिभावक समेतको समुहहरु गठन गरि तालिम दिई उनीहरु मार्फत नै बिभिन्न स्थानमा अभिमुखिकरण एवं जनचेतना मुलक अभियानहरु संचालन गर्दै आएको बताए ।
माईती नेपालले मानव बेचबिखन बिरुद्धको अभियानलाई जिल्लास्तरमा सशक्त रुपमा संचालन गर्न गराउन कानुन कार्यान्वयन गर्ने निकाय एवं सम्बन्धित सरोकारवालाहरु समेतसँग बिभिन्न कार्यक्रमहरु गर्दै आई रहेको, उद्दार तथा पुर्नस्थापना लगायतका कार्यलाई प्रभावकारी बनाउन भारतीय सरकारी र गैर सरकारी निकायसँग आपसी सम्बन्ध बिस्तारका लागि बिभिन्न कार्यक्रमको आयोजना गरेर सम्बन्ध विस्तार गरेको जानकारी दिए ।
जोखिमपुर्ण यात्रामा रही सिमानाबाट उद्धार गरि आवधिक गृहमा ७ सय २६लाई प्रवेश गराइएको, मानब बेचबिखन र सुरक्षीत बसाई सराई बारे जानकारी दिई पारिवारिक पुर्नरमिलन ७ सय ५२ लाई गराईएको, श्रम र यौन शोषणमा परी उद्धार गरिएको संख्या २४, बोडरबाट परामर्श दिई घर फिर्ता गरिईएको संख्या ४ सय २५, बेचबिखनका घट्ना मुद्धा दर्ता भएका संख्या ४, सीपमुलक तालिम प्रदान गरिएको (किशोरी) संख्या १६ रहेको माईती नेपालको तथ्याङ्कमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘जुनैली रातमा छायाँ’ तीज गीतको नेपालगन्जमा छाँयाङ्कन

४ श्रावण २०७३, मंगलवार १२:३४
सदरलाइनडटकम, ४ साउन, नेपालगन्ज : तीजलाई लक्षित गरी तयार गरिएको जुनेली रातैको छायाँले बोलको गीत नेपालगन्जमा मगलबार छाँयाङ्कन गरिएको छ ।  युवा गाएक टंक तिमिल्सीनाले तयार पारेको सो गीतको मंगलबार विहान नेपालगन्जको एक होटलमा छायाँङ्कन गरिएको हो ।   गीतमा नाच्नको लागि तीन दर्जन जति युवा युवती रङगी चङगी भएर […]