नेपाल फ्ल्याग फेस्टिवल बैशाख १ गते

२७ चैत्र २०७३, आईतवार १९:०६
 

सदरलाइनडटकम  
२७ चैत, नेपालगन्ज : नयाँबर्ष २०७४ अर्थात बैशाख १ गते नेपालगन्जमा भव्य रुपमा नेपाल फ्ल्याग फेस्टिवल आयोजना गरिने भएको छ । ‘नेसन्स प्राइड, नेसन्स आईडेन्टिटी’ भन्ने मुख्य नाराका साथ यो फ्ल्याग फेस्टिवल गत वर्षदेखि आयोजना गर्न थालिएको हो । फरक डिजाइनको नेपाली राष्ट्रिय झण्डा संसार मै विशिष्ट पहिचान राख्दछ ।
अन्तरालको व्यवस्थापनमा हुने यस फेस्टिवलको आयोजनामा विभिन्न संघ संस्थाहरुले सहकार्य गरेको फेस्टिवलका प्रचार संयोजक गोविन्द पौडेलले वताए । उनका अनुसार विहान ठिक ७ वजेर ५९ मिनेट जाँदा शुरु हुने फेस्टिवलमा स्वदेश गान तथा राष्ट्रिय भावनाले ओतप्रोत गीत तथा नृत्यहरु प्रस्तुत हुनेछन् ।
‘झण्डा हामी नेपालीको एकताको प्रतीक हो’—फेस्टिवलका परिकल्पनाकार अन्तरालका टिम लिडर जयनारायण शाहले भने ‘झण्डाले हामीलाई वर्षमा ३ सय ६५ दिन नै संसारमा चिनाउँदछ वर्षमा १ दिन हामी सवै झण्डाको लागि समय दिउँ ।’ फेस्टिवलमा राष्ट्रिय झण्डा सहित सहभागी हुन अन्तरालले सबैलाई आग्रह गरेको छ । साथै सो दिन लागत मूल्यमा उपलब्ध हुने गरि राष्ट्रिय झण्डाको स्टल पनि राखिने प्रचार संयोजक पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीपारी आगलागी हुँदा छ घरटहरा नष्ट

२७ चैत्र २०७३, आईतवार १९:०६
सदरलाइनडटकम   २७ चैत, नेपालगन्ज : बाँके राप्ती सोनारी गाउँपालिका वडा नं. ७ फत्तेपुरको बसन्तापुर गाउँमा आइतबार दिउँसो आगलागी भएको छ । आगलागीमा ६ वटा घर जलेको छन् भने काटेर राखिएको गहुँको थुप्रो समेत आगो सल्किएको छ । प्रहरी, स्थानीयबासीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको स्थानीय अरुण यादवले जानकारी दिए […]