सञ्चारकर्मीलाई सरसफाई तथा स्वच्छता अभियानबारे अभिमुखिकरण

२३ असार २०७३, बिहीबार १०:४२
 

सदरलाइनडटकम
२३ असार, नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँकेले जिल्लाका सञ्चारकर्मीलाई सरसफाई तथा स्वच्छता अभियानको बारेमा एकदिने अभिमुखिकरणसहितको अन्तरक्रिया सम्पन्न गरेको छ । जिल्ला विकास समिति बाँकेको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा जिविस बाँकेका सूचना अधिकृत सरद पौडेलले जिल्लालाई पूर्ण सरसफाई जिल्ला घोषणा गर्नको लागि जिल्ला सरसफाई तथा समन्वय समितिले गरेका गतिविध र हासिल गरेका उपलब्धीका विषयमा जानकारी गराएका थिए ।
उनले जिल्लाका ३३ गाविस मध्य २३ गाविस, १ नगरपालिका खुला दिशामुक्त घोषणा भईसकेको र उप–महानगरपालिकामा बाँकी रहे पनि सुधारोन्मुख रहेको जानकारी दिए । उनले भने–‘राप्तीपारीका नरैनापुर र लक्ष्मणपुर जस्ता गाविसले खुलादिशामुक्त गाविसको रुपमा घोषणा भएबाट पनि हौसला बढेको छ ।’
जिल्ला खानेपानी तथा सरसफाई कार्यालय बाँकेका डिभिजिनल ईञ्जिनियर राजकुमार चौधरीले जिल्लालाई पूर्ण सरसफाई युक्त जिल्ला बनाउन निक्कै चुनौति भए पनि लक्षको नजिक पुगेको जानकारी दिए । उनले भने–‘घरमा चर्पी बनाएर मात्र पनि भएन प्रयोग गरे नगरेको पनि अनुगमन गर्न आवश्यक रहेको छ ।’
नेपालगन्ज उप–महानगरपालिकाका सूचना अधिकारी ओवीराज आचार्यले नेपालगन्ज नगरमा भएका २४ हजार९ सय ९८ घरधुरीमध्य २ हजार २ सय ७ घरधुरीमा मात्र चर्पी भएको र ती घरहरुमा पनि चर्पी बनाउन विभिन्न खालका गतिविधि उप–महानगरपालिकाले सञ्चालन गरेको जानकारी दिए ।
उनले नेपालगन्ज उप–महानगरपालिकामा रहेका २८ वडा मध्य ८ वडा खुला दिशामुक्त वडा घोषणा भईसकेको र असार मसान्त भित्रमा १२ वडामा पु¥याउने लक्ष रहेको जानकारी
दिए । नगरमा रहेको सार्वजनिक शौचालयको मर्मत गरी प्रयोगमा ल्याउन सक्ने बनाईएको जानकारी दिदै नेपालगन्जका धम्बोझीचोक, पुष्पलाल चोक, सेतुविक चोक, गणेशमानचोक जस्ता स्थानमा सार्वजनिक शौचालय निर्माण गरीने जनाकारी दिए ।
महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि महासंघका केन्द्रीय सदस्य झलक गैरेले महासंघले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत जिल्लालाई स्वच्छ बनाउने कार्यमा हामी पनि छौ भन्ने सन्देश दिनको लागि कार्यक्रम आयोजना गरेको बताए । कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्याममा आवद्ध रहेका ७ दर्जन बढी सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अपराध अनुसन्धान बारे भेरी अञ्चल प्रहरीको समीक्षा भेला

२३ असार २०७३, बिहीबार १०:४२
२६, असार नेपालगन्जः  अञ्चल प्रहरी कार्यालय भेरीले अपराध नियन्त्रणका लागि आफ्ना मातहातका मुद्दा चल्ने सबै युनिटका मुद्दा शाखाका अधिकारीहरुको एक दिवशिय कार्य समीक्षा भेला नेपालगन्जमा आयोजना गरेको छ । अञ्चल प्रहरी कार्यालय भेरीका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक धिरु बस्न्यातले उद्दघाटन गरेको सो कार्य समीक्षा भेलामा भेरी अञ्चलका पाँच वटै जिल्लाका […]