पर्यावरण संरक्षणका लागि फोरएचद्वार सययुवा इकोलिडर घोषणा

सदरलाइन संवाददाता १७ असार २०८१, आईतवार १९:०५
 

चितवन :  तेस्रो कृषि–जलावायु युवा लिडर सीप समिट २०८१ ले १०० युवा इको लिडर (पर्यावरणीय युवा अगुवा) को घोषणा गरेको छ ।

इको लिडरले वर्षभरी हरित कृषि, जलावयु परिवृत्न तथा दिगो विकासका लागि अभियानहरु संचालन गर्ने छन् । सबै इको लिडरलाई समेटर असार १६ गते सय युवा इको लिडर्स नेटवर्क गठन गरिएको फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीले जानकारी दिए ।

घोषित नेटवर्कमा देभरीबाट २५ वर्ष मुनिका युवाहरु छनौट गरिएको अवस्थीले बताए । उनले सय युवा इको लिडर छनौट देशभरीबाट प्राप्त ५ सय आवेदक मध्येबाट छानिएको बताए ।

समिटले १०० युवा इको लिडर्स नेटवर्कको विधान, कार्यविधि तथा ६ महिनाको कार्ययोजना तथा आचारसंहिता समेत पारित गरेको छ । इको लिडरले संकल्प पत्रमा हस्ताक्षर तथा औठा छाप लगाएर हरित कृषि तथा जलवायु परिवर्तन सम्बन्धी कार्य गर्ने र आफ्नो आचरण पनि सोही अनुसार गर्ने संकल्प गरेका छन् ।

सम्मेलन उद्घाटन बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले गरेका थिए । उनले नेपाल सरकारले युवा पलायन रोक्न र युवालाई स्वदेश मै बस्नका लागि दिर्घकालिन कार्यक्रम ल्याउनु पर्ने बताएका थिए ।

विशिष्ट अतिथि बागमती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले आफूले बागमती प्रदेश जलवायुमैत्री कानुन निर्माणका लागि पहलगर्ने प्रतिबद्धता व्यक्त गरका थिए । कार्यक्रममा बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष, द एशिया फाउण्डेसनका प्रतिनिधिलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

समिटमा तीन ओटा फरक फरक विषयमा कार्यपत्रहरु पेश गरिएको थियो । जसमा महर्षि वैदिक इन्टरनेसनल फाउण्डेनबाट प्रध्यापक जोन कोनहाउसले वैदिक कृषि प्रणालीको बारेमा प्रस्तुत गरेका थिए ।


त्यसैगरी कृषि तथा वनविश्वविद्यालय सह प्राध्यापक देश भट्टले कृषि र जलवायु परिवर्तनका चुनौती र युवाका सवालको बारेमा र ओरेक नेपालकी कार्यकारी निर्देशक सुनिता मैनालीले जलवायु न्याय र कृषिको बारेमा कार्यपत्र पेश गरेका थिए ।

हरित युवागोष्टीमा १० ओटा कृषि, जलवायु परिवर्तन र युवासँग जोडिएका विषय १० ओटा समूहमा छलफल गरी समाधानका उपाय पहिचान गरिएको फोर एच नेपालका उपाध्यक्ष सिता रणपालले जानकारी दिए ।

समिटको अर्को दिन छानिएका १० ओटा कृषि, जलवायु परिवतनसँग जोडिएका नविनविचारहरु छनौट गरी प्रत्येक युवालाई जनहीदशर हजार दिने घोषणा समेत गरिएको आयोजक सरोज कुमार जाशीले बताए । डा. चिन्तमणी योगीले युवालाई जीवनजीउने शैली र युवाको सकरात्मक धारणा विकास सम्बन्धी प्रशिक्षण पनि गराएका थिए ।

१० बुदे जलवायु परिवर्तन संकल्पपत्र जारी

चितवनमा सम्पन्नभएको तेस्रो युवा कृषि–जलवायु युवालिडरसीप समिटले हरित कृषितथा जलवायु परिवर्तन सम्बन्धी १० बुँदे संकल्पपत्र जारी गरेको छ । समिटको संकल्पपत्रमा पर्यावरणीय संरक्षणका लागि युवा आफ्नो संकल्पजारी गरेको अवस्थीले जानकारी दिए ।

संकल्पपत्रमा युवाले आफ्ना व्यवहार तथा नेतृत्व पर्यावरणमैत्री बनाउने र आफूले समुदायमा जलवायु परिवर्तन न्यूनिकरणतथा रैथाने कृषिको संरक्षणमा लागि पर्ने प्रतिबद्धता जनाएका छन् । र, सरकारसँग जलवायु परिवर्तनका लागि प्रभावकारी नीति ल्याउन पनि माग गरेका छन् । उद्योग, कलकारखाना निर्माणले जलवायु परिवर्तनमा ठूलो असर परेकाले सामाजिक उत्तरदायित्व बजेट मध्ये पर्यावरण संरक्षणका लागि निश्चित बजेट छुटयाउन पनि माग गरेका छन् ।

समिट २०८१ असार १३ देखि १५ गतेसम्म आयोजना गरिएको थियो । समिटमा भरतपुर महानगरपालिका, द एशिया फाउण्डेशन, नबिल बैंक, नेपाल टेलिकम, कृषिविकास बैंक तथा ओरेक नेपाल सहितका सहकार्य तथा सँझेदारी रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरमा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी अन्तरक्रिया

१७ असार २०८१, आईतवार १९:०५
नरैनापुर (बाँके) :  बाँकेको नरैनापुर गाउँपालिकामा एक दिवसीय खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी सरोकारवाला संग अन्तरक्रिया गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्जले आयोजना गरेको सो कार्यक्रम नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको प्रमुख आतिथ्य तथा सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिहं माझीको विशिष्ठ आतिथ्यमा भएको थियो […]