महिला उम्मेदवारबीच निर्वाचन सम्बन्धी अनुभव साटासाट कार्यक्रम

३० जेष्ठ २०७४, मंगलवार १९:०५
 

सदरलाइनडटकम 
३० जेठ, नेपालगन्ज : स्थनीय तह निर्वाचनको अवसर पारेर विभिन्न क्षेत्रका महिलाहरु बीच अनुभव आदान प्रदान गरिएको छ । यस क्रममा बाँकेका द्वन्द्व प्रभावित, कैलालीका एचआईभी संक्रमित र नवलपरासिका ग्रामिण महिलाबीच निकट रहेको स्थानीय तहको निर्वाचनको अनुभव साटासाट कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको हो ।
वैशाख ३१ गतेको पहिलो चरणको निर्वाचनमा सहभागि प्रदेश नं.४ मा पर्ने नवलपरासिको भूभागका, बाँके र कैलाली जिल्लाका प्रस्तावित उमेद्वारहरु सहभागि रहेको सो कार्यक्रममा १६ जनाको सहभागिता रहेको थियो ।
नवलपरासिको चुनावमा विजय भएका र पराजय भोग्नु परेकाहरुले आफ्ना अनुभवले बाँके र कैलालीका प्रस्तावित महिला उमेद्वारलाई निर्वाचन कार्यक्रम र प्रचार प्रसारमा मदत मिल्ने उदेश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।
अनुभव साटासाट कार्यक्रममा नवलपरासिको देवचुली नगरपालिका वडा नं.१२ बाट महिला सदस्यको रुपमा विजयी भएकी सिता भुसाल, मध्यविन्दु नगरपालिका वडा नं.१२ बाट महिला सदस्य विजयी भएकी पुनम नगरकोटी, मध्यविन्दु नगरपालिका –७ बाट महिला सदस्यमा पराजय भोगेकी निमकला पौडेल, देवचुली–७ वडा अध्यक्षमा पराजय भोग्नु परेको भुमिसरा थापाले आफ्नो अनुभव साटेका थिए ।
निर्वाचनमा उम्मेदवार रहेका महिलाका लिाग आर्थिक रुपमा परिवारमा आश्रित भएमा झनै कठिन हुने उनीहरुको अनुभव रहेकोे थियो । महिलाहरुलाई पारिवारीक जिम्मेवारी बढी भएकाले समय व्यवस्थापन गर्न गाह्रो, महिलाहरुलाई विश्वास नगर्ने, गुटबन्दी, महिलाहरुको स्रोत साधनमा पहुँच नहुनु पनि प्रमुख चुनौती रहेको निचोड रहेको थियो ।
बाँके र कैलालीका महिलाहरुलाई समेत यस्तै समस्या रहेको सहभागिहरुले बताएका थिए । महिलाहरुलाई प्रमुखको पदमा प्रस्ताव नगर्नु पनि बाँकेको चनौती रहेको अनुभव साट्दै नेपालगन्ज उप–महानगरपालिका –.१० बाट सदस्यमा उमेद्वारी दिने तयारी गरेकी शोभा विसीले आचार संहिता विपरीत हुने आर्थिक चलखेल तथा भोज भतेर जस्ता कार्यलाई कडाईका साथ अनुगमन गर्नुपर्ने बताईन ।
नवलपरासिबाट आफ्नो अनुभव साट्न बाँके आएका सहभागिहरुले चुनावी प्रचार प्रसारलाई कम खर्चिलो, व्यापक र प्रभावकारी बनाउन र महिलाका मुदालाई प्राथमिता दिन सुझाव दिएका थिए ।
अनुभव साटासाट कार्यक्रम पछाडि पारिएका महिला संजालको नेतृत्व क्षमता विकास परियोजना अन्र्तगत निष्पक्षले अआयोजना गरेको हो । परियोजनालाई सवा नेपाल, हिमावन्ती, शक्ति समुह, एचआईभी संक्रमित महिलाहरुको राष्ट्रिय संजाल, पौरखी र निष्पक्षले विभिन्न ६ जिल्लामा संचालन गरिरहेको छ । बाँकेमा भने निष्पक्षले संचालन गरिरहेको छ । यूनएन उमनको आर्थिक सहयोग रहेको परियोजना डिसेम्बर २०१७ सम्म संचालनमा रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

म अरु कोहि हैन

३० जेष्ठ २०७४, मंगलवार १९:०५
म एक मान्छे नै हुँ जसरी तिमी हौ त्यसरी नै उनी हुन् र एकताबद्ध बनौ। म त त्यो हैन जो तिमी चाहन्छौ। यो पनि हैन जो तिमी देख्दछौ। म आफैमा सिमित छु जो तिमी देख्दैनौ जो तिमी भेट्दैनौ। म त तिम्रो विपरित कसरी तिमी खुसी हुन्छौ। म त यहि भन्छु […]